रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

मारबाडी क्रिकेट लिगः लुम्बिनी र बीरगंजको जित

चौथो संस्करणको नेपाल मारबाडी क्रिकेट लिग अन्तर्गत समूह ‘बी’ का बिहीबार भएका दुई खेलमा बीरगंज ब्लास्टर र लुम्बिनी लायन्स विजयी भएका छन् । बीरगंजले नेपालगंज वारियर्सलाई ९ विकेट र लुम्बिनीले शिवम् वारियर्स हेटौंडालाई ८ विकेटले पराजित गर्दै जित निकालेका हुन् । लुम्बिनीको यो लगातार दोस्रो जित हो भने बीरगंजको पहिलो जित हो ।

नेपाल राष्ट्रिय मारबडी युवा संठगन केन्द्रीय समितिको आयोजनामा भइरहेको प्रतियोगितामा बिहीबार भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको नेपालगंजले निर्धारित २० ओभरको खेलमा १० ओभर ४ बलमा सबै विकेट गुमाउँदै जम्मा ५० रनको झिनो स्कोर खडा गर्यो । उसका लागि शिनु अग्रवालले १७ तथा प्रशान्त मुनधारा र निखिल अग्रवालले समान १०–१० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा टीम सस्तैमा रोकियो । उसलाई झिनो स्कोरमा रोक्न बलिङमा बीरगंजका सुरज जोशीले ४ तथा केयल र पियुस शर्माले समान २–२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बीरगंज ४ ओभर ४ बलमा १ विकेटको नोक्सानीमा ५१ रन बनाउँदै सानदार जित निकाल्यो । उसका लागि सुमित कदमियाले अविजित सर्वाधिक ३४ रन बनाए । बलिङमा नेपालगंजका अभी अग्रवालले १ विकेट लिए । खेलमा सुरज जोशी प्लेयर अफ द म्याच भए ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको शिवमले १६ ओभर ३ बलमा सबै विकेट गुमाएर जम्मा ५४ रन मात्रै बनायो । उसका लागि दिवेश शर्माले १५ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बुटल्न सकेनन् । बलिङमा उसलाई सस्तैमा रोक्न लुम्बिनीका दिनेश अग्रवालले ४, शुभम अग्रवालले ३, दामोदर शर्माले २ र सोमेस अग्रवालले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको लुम्बिनीले ५ ओभर ६ बलमा २ विकेटको नोक्सानीमा ५६ रन बनाउँदै सहजै जित दर्ज गर्यो । उसको जितमा शुभम अग्रवालले सर्वाधिक २७ रनको योगदान दिए । बलिङमा शिवम् वारियर्स हेटौंडाका आर्यन अग्रवालले २ विकेट लिए । खेलमा शुभम अग्रवाल म्यान अफ द म्याच भए । प्रतियोगितामा १४ टीम सहभागी छन् । यसमध्ये समूह ‘ए’ र ‘सी’ का खेलहरु विराटनगरमा भइरहेका छन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भने मूलपानी क्रिकेट मैदान काठमाडौंमा हुने आयोजक संस्थाका केन्द्रीय अध्यक्ष मनोजकुमार अग्रवालले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित