हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video) संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन                
समाचार :

यात्रुको चाप बढेपछि रेसुङ्गा विमानस्थलमा उडान थप

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट साप्ताहिक रूपमा चार उडान हुने भएको छ ।

यसअघि तीन उडान गर्दै आएकोमा यात्रुको चापअनुसार एक दिन उडान थप गरिएको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थल स्टेसन प्रमुख सुमन थापाले बताए ।

विमानस्थलबाट सोमबार, बुधबार र शुक्रबार उडान हुँदै आएको छ । अब साप्ताहिक रूपमा शनिबार थप गरेर हप्ताको चार पटक उडान गरिने भएको हो ।

विमानस्थलमा गत वर्षको वैशाख २९ गतेबाट नेपाल एयरलाइन्सले उडान गर्दै आएको छ । गुल्मीबाट एक वर्षको अवधिमा करिब ७० वटा उडानमा ८ सयभन्दा बढी नागरिकले हवाई सेवा लिएको थापाले बताए ।

अहिले गुल्मीबाट काठमाडौंका लागि ७ हजार ८० र काठमाडौंबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित