चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ वटा पुरस्कार वितरण गर्दै रुपन्देहीमा ६९ हजारभन्दा धेरै बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै शान्तिपुरमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १७ सयको निःशुल्क उपचार गुल्मीमा बाढीले पुल निर्माणका सामग्रीमा क्षति तराईमा फेरि चल्न थाल्यो तातो हावा गुल्मीमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु, चालकको अवस्था गम्भीर लुम्बिनीबाट सगरमाथा लगियाे अखण्ड शान्ति दीप चार प्रदेशका पहाडी भेगमा हावाहुरीसहित वर्षाको सम्भावना पोखरादेखि तम्घास आउँदै गरेको बस फलाटेमा दुर्घटनाः १२ जना घाइते परिवारले अन्तेष्टी गरिसकेको शवलाई प्रहरीले ५ दिनपछि कव्रस्तानबाट उत्खनन्                
समाचार :

रोट्रयाक्ट डिष्ट्रिकद्धारा चितवनमा डिष्ट्रिक सेमिनार सम्पन्न

रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपालले चितवनमा डिष्ट्रिक सेमिनार सम्पन्न गरेको छ । सेमिनार रोटयाक्ट डिष्ट्रका डिआरआर रोशन कार्किको अध्यक्षयता तथा रोटरि डिष्ट्रिक २०२४/२५ का डिजि राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सेमिनारले रोटयाक्ट डिष्ट्रकले आगामि बर्ष गर्ने कामको बारेमा समिक्षा गर्दै बाषिक कार्ययोजनानिमार्ण गर्दै सम्पन्न भएकोे रोटयाक्ट डिष्ट्रिक डिआरआर इलेक्ट बिक्रम क्षेत्रीले बताए । उनले दुई दिन सम्म चलेको सेमिनारमा करिब ६० जना डिष्ट्रीक मेम्बहरुको सहभागितामा सम्पन्न भएको बताए । सेमिनारले बिगत बर्षमा भन्दा अब आउने बर्षमा युवा मैत्रि कार्यक्रमाहरु सन्चालन गर्ने गरि कार्य योजना निमार्ण गरेको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरि डिष्ट्रक २०२४/२५ का डिष्ट्रिक गर्भनर राजेन्द्र मान शेरचनले रोट्रयाक्ट डिष्ट्रिकले बिगत देखि गरेका कामहरको प्रसंसा गरे । डिष्ट्रिकले अव नया कार्ययोजना बनाउदा बिगतका बर्ष भन्दा फरक र पृथक खालका कार्यक्रमहरु सन्चालन गनुपर्ने बताए । धेरै जसो युवाहरु रोजगारिको लागि बिदेश जानु पर्ने बाध्यता आएको हुदा स्वदेश मै रोजगारि सिर्जना गर्ने खालका बिभिन्न सिप मुलक तालिमहरु सन्चालन गनुपर्ने बताए । यसको लागि रोटरि डिष्टीकले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै रोटरियन राजन पिया ले रोट्रयाक्ट डिष्ट्रिकले बिगत देखि नै निकै राम्रो र महत्वपूर्ण कार्यक्रमहरु सन्चालन गर्दै आएकोमा धन्यवाद व्यक्त गरे । आगामि दिनमा रोट्रयाक्ट अभियानमा रोटरिको निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

सेमिनारमा सौगात गौतम,सुरज पौडेल,नानि काजि खडका, बिक्रम क्षेत्रि, दिनेश गैरे,माधव पराजुली,अनुप पाण्डे,सुविन खडका लगायतले सहजीकरण गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार