तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

गुल्मीको भनभनेमा ३ घरगोठ जलेर नष्ट

बुटवल । आईतबार दिउँसो गुल्मीको मदाने गाउँपालिका ७ को भनभनेको वनमा लागेको आगो वस्ती तर्फ फैलिएर तीन वटा घर–गोठ जलेर नष्ट भएका छन्।

भनभनेको दिपक मावि नजिकको वनमा फैलिएको डढेले वस्ती तर्फ फैलिए पछि मानबहादुर जिसी टोपबहादर जिसीको ३ वटा घर गोठ जलेर नष्ट भएको मदाने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शालिकराम पन्थीले जानकारी दिए ।

उनका अनुसार आगोलागी नियन्त्रणमा प्रहरी, जनप्रतिनिधी र सर्वसाधरण जुटे पनि थप करिब १० वटा घर उच्च जोखिमा छन्। ईलाका प्रहरी कार्यालय पुर्कोटदको प्रहरी आगो नियन्त्रणमा खटेको र सदरमुकामबाट सशस्त्र प्रहरीको टोली त्यस तर्फ जान लागेको जिल्ला प्रहरी प्रमुख एसपी राजन भुजेलले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित