पोखरादेखि तम्घास आउँदै गरेको बस फलाटेमा दुर्घटनाः १२ जना घाइते परिवारले अन्तेष्टी गरिसकेको शवलाई प्रहरीले ५ दिनपछि कव्रस्तानबाट उत्खनन् आस्थाको आधारमा भेदभाव नर्गन पत्रकार महासंघलाई प्रगतिशीलको आग्रह बुटवलमा सम्पन्न हाफ म्याराथनको उपाधि राजनलाई सर्‍यो रुपन्देही एमालेको अधिवेशन पाल्पामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १३ जना घाइते तिलोत्तमाका महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शुरु जेठ ३ गते देखि नयाँगाउँमा प्रथम साँस्कृतिक रमाइलो मेला रुपन्देहीको देवदहमा करेन्ट लागेर एक जनाको मृत्यु दाङको बबई नदिमा डुबेर दाजुभाइको मृत्यु                
समाचार :

गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ घाइते

रुपन्देही । गुल्मीको सत्यवती गाउँपालिका ४ लिम्घामा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि १२ जना घाइते भएका छन् ।

लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडक खण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको लु १ च ४३२० नम्बरको पिकअप जीप गएराति दुर्घटना हुँदा स्थानीय ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोख्रेलले जानकारी दिएका छन्।

दुर्घटनामा सत्यवती ५ का ३१ वर्षका कृष्ण थापा, वडा नं ४ का ३५ वर्षका यसबहादुर बुढाथोकी, ४० वर्षका खेमु श्रीस, ६० वर्षका दुर्गाबहादुर राना, ३१ वर्षका भूपेन्द्रदेव खप्तरी थापा, ५३ वर्षका पदमबहादुर बुढाथोकी, ३१ वर्षका भरत बुढाथोकी, २६ वर्षका मिलन राना, २६ वर्षका ठगबहादुर बुढाथोकी, ३४ वर्षका घनश्याम बुढाथोकी, ५६ वर्षको चिनबहादुर राना र चालक २९ वर्षका शंकर बिक घाइते भएको प्रहरी नायव उपरीक्षक पोख्रेलले बताए ।

घाइतेहरूको शरिरका विभिन्न भागमा चोट लागेको छ । घाइते चार जनाको पाल्पा र अरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडीको ब्रेक फेल भएर सडकदेखि ४० मिटर तल खसेको थियो ।घाइते चार जनाको पाल्पा र अरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार