गुल्मीमा विद्युतको तारबाट खरबारीमा लागेको आगोले घर जलायो

गुल्मीमा विद्युतको तारबाट खरबारीमा आगलागी हुँदा एउटा घर नलेर नष्ट भएको छ । रूरूक्षेत्र गाउँपालिका- ५ को खरबारीमा सल्किएको आगोले गिरिबहादुर श्रेष्ठको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।

विद्युतको तारबाट खरबारीमा आगलागी हुँदै घरमा पुगेको थियो । आगलागीबाट घरमा रहेका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीले आगलागी नियन्त्रणमा लिएका थिए ।

गर्मी र सुख्खा याम सुरु भएसँगै जिल्लाका दर्जन बढी स्थानका सामुदायिक वनजंगलमा आगलागी भइरहेको छ । आगलागीबाट करोडौंको क्षति भएको छ ।

जिल्लाका विभिन्न स्थानमा आगलागीबाट झन्डै एक सयभन्दा बढी घरगोठसहित पशुचौपाया जलेर नष्ट भएको प्रहरीले जनाको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार