तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अभियानलाई तिब्रता दिदै पश्चिम नेपाल बस व्यवसायी प्रा‍ली

बुटवल । देशकै ठूलो यातायात व्यवसायीको संस्था पश्चिम नेपाल बस ब्यबसायी प्रालि, बुटवलले आन्तरिक ब्यबस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अभियानलाई तिब्रता दिएको छ ।

अभियानको क्रममा प्रालिले सोमबार सवारी चालक तथा सहचालकहरुलाई दुर्घटना न्यूनीकरण तथा आन्तरिक व्यबस्थापन सम्बन्धी प्रशिक्षण दिएको छ ।

प्रशिक्षण कार्यक्रममा सहजीकरण गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा सवारी ब्यबस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक शोभा पाण्डेले सवारी सूरक्षित रुपमा यात्रा गराउनु चालकको जिम्मेवारी भएको भन्दै आफुले चलाएको गाडीमा आफ्नो परिवारका सदस्य पनि सवार छन भन्ने सोचेर होशियारीकासाथ सवारी चलाउदा दुर्घटना कम हुने दाबी गरिन् । पाण्डेले छिटो गन्तब्यमा पुग्ने र धेरै यात्रु चढाउने प्रतिस्पर्धा गर्ने भन्दा पनि गुणस्तरीय चालक बन्ने प्रयास गर्न चालकहरुलाई आग्रह गरिन् ।

सभ्य भाषा नम्र बोली व्यवहारसहितको सेवा नै अचुक औषधि भएको बताउदै उनले अपांग र आरक्षण सिट कार्यान्वयन गर्र्नुपर्नेमा जोड दिइन् । प्रालिका अध्यक्ष दधिराम खरेलले मानवीय लापरवाहीले दुर्घटना गराउने छुट अब नहुने बताए ।

खरेलले यात्रुले पनि चालकलाई सम्मान गर्न सक्नुपर्ने बताए । पश्चिम नेपाल बस ब्यबसायी प्रालिका संचालक तथा सवारी दुर्घटना न्यूनिकरण तथा आन्तरिक ब्यबस्थापन समितिका संयोजक नारायण प्रसाद घिमिरेले अहिलेसम्म प्रालिले ८ हजार ५०० चालक र परिचालकलाई प्रशिक्षण दिएको बताए । चालकले मानवीय त्रुटि नगर्न आग्रह गर्दै त्यस्तो भेटिए प्रालि चालकलाई कारवाही गर्न पनि पछि नपर्ने बताए ।

कार्यक्रममा प्रालिका सञ्चालक जितेन्द्र खत्री, कार्यक्रम सहसंयोजक नारायण भण्डारी, सञ्चालक रामचन्द्र खड्का, लालबहादुर गुप्ता, मजदुर नेता होमबहादुर पाण्डे लगायतले बोल्दै यातायात क्षेत्रलाई सम्मानित पेशा बनाउने सबै लाग्नुपर्नेमा जोड दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित