तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवलको बागेश्वरीले मनायो रजत जयन्ती (तस्वीरहरु)

बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले आफ्नो रजत जयन्ती मनाएको छ ।

आफ्नै बागेश्वरी थेयटरमा एक कार्यक्रमको आयोजना गरी एकेडेमीले २५ औं बर्ष पार गरेको अवसरमा रजत जयन्ती मनाएको हो । रजत जयन्ती समारोहको एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै उनले कला र साहित्यको क्षेत्रमा सहकार्य गरेर काम गर्न उपमहानगरपालिका तयार रहेको बताए । साथै उनले नेपाली कला र संस्कृतिको जर्गेना गर्न सवै लाग्नुपर्ने बताए । पश्चिमी कला र संस्कृतिका कारण नेपाली कलाको मौलिकता मर्न थालेको भन्दै यसको संरक्षण र प्रबद्र्धनमा राज्यले पहल कदमी गर्नुपर्ने बताए ।

संघिय राजधानी बाहिर अहिले पनि कला, संस्कृति, साहित्यको क्षेत्रमा उल्लेख्य काम हुन नसकेको भन्दै बुटवल उपमहानगरपालिका कलाको सम्मान गर्न सधै प्रतिबद्ध रहेको बताए ।

बागेश्वरी कला तथा संगित एकेडेमीकी सञ्चालक लालिमा श्रेष्ठले २५ बर्षको अवधिमा एकेडेमीबाट हजारौं विद्यार्थीहरुले कला र संगितकोे ज्ञान लिएको बताईन । साथै उनले कला र संस्कृति संग जोडिएका प्रतिष्ठान वा संस्थालाई राज्यले उपेक्षा गरेको भन्दै नेपाली कला र संगित जिवन्त राख्न प्रतिष्ठान वा संस्थाहरुलाई राज्यले संरक्षकत्व दिनुपर्ने बताईन ।

एकेडेमीका व्यवस्थापक दावा शेर्पाले एकेडेमीले २५ बर्ष पार गर्नु सामान्य विषय नभएको भन्दै यसले समाजलाई दिएको योगदानको चर्चा हुनुपर्ने बताए । उक्त कार्यक्रममा साहित्यकार घनश्याम परिश्रमीले साहित्य क्षेत्रको प्रबद्र्धनमा तीन वटै तह लाग्नुपर्ने बताए ।

कार्यक्रम सञ्चारकर्मी छाया पन्तको सञ्चालनमा सम्पन्न भएको थियो । सो अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा सांस्कृतिक कार्यक्रमको समेत प्रस्तुती गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित