रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

प्रहरीले सुप्रिम सहकारीको अनुसन्धान टुंग्यायो

बुटवलको सुप्रिम सहकारी ठगीको जाहेरीमा प्रहरीले अनुसन्धान टुंग्याएको छ। जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले अनुसन्धान सकेर गत शुक्रबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो।

प्रतिवेदन अध्ययन गरिरहेको जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख मुक्तिराम सुवेदीले बताए।

‘प्रहरीले प्रतिवेदन बुझाएको छ। हामी अध्ययन गरिरहेको छौं। प्रहरीले ल्याएका प्रतिवादीमा थपघट हुन पनि सक्छ त्यति नै जान पनि सक्छ’ सुवेदीले भने।

प्रहरीले यो सहकारी ठगीमा ८६ करोड १८ लाख बिगो दाबी गर्दै २८ जनालाई प्रतिवादी बनाउन राय दिएको छ। सहकारीका संस्थापक जीबी भन्ने गितेन्द्रबाबु राई, अध्यक्ष ओमप्रकाश गुरुङ, दीपेशकुमार पुन, कुमार रम्तेल, दुर्गा चापागाईं पाण्डे, भवीश्वर अर्यालसहितलाई प्रतिवादी बनाउन प्रहरीको राय छ।

यस्तै प्रहरीले नीता थापा, दीपक न्यौपाने, रोशनी गुरुङ, सागर केसी, सुरज श्रेष्ठ, राजु बराल, धीरजकुमार दास, असव अलि सिद्धिकी, बुद्धि गुरुङ, आशिस आनन्त, मोजहर मोहम्मद, लिगल ढुंगाना, औबहादुर गुरुङ र स्यान्जिक राजभण्डारीलाई पनि प्रतिवादी बनाउन राय दिएको छ।

भुपेन्द्र राई, हेमन्त अधिकारी, कविता तामाङ र नवीन अछामीलाई पनि प्रतिवादी बनाउन प्रहरीको राय छ।

यीमध्ये अध्यक्ष ओमप्रकाश गुरुङ, दुर्गा चापागाईं पाण्डेय र पूर्वकोषाध्यक्ष दीपेश पुन पक्राउ परेका छन्। कुमार रम्तेलसहित केही प्रतिवादी पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्। अन्य प्रतिवादीहरू भने फरार रहेको प्रहरीले जनाएको छ।

दीपेश पुन पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार