चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ वटा पुरस्कार वितरण गर्दै रुपन्देहीमा ६९ हजारभन्दा धेरै बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै शान्तिपुरमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १७ सयको निःशुल्क उपचार गुल्मीमा बाढीले पुल निर्माणका सामग्रीमा क्षति तराईमा फेरि चल्न थाल्यो तातो हावा गुल्मीमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु, चालकको अवस्था गम्भीर लुम्बिनीबाट सगरमाथा लगियाे अखण्ड शान्ति दीप चार प्रदेशका पहाडी भेगमा हावाहुरीसहित वर्षाको सम्भावना पोखरादेखि तम्घास आउँदै गरेको बस फलाटेमा दुर्घटनाः १२ जना घाइते परिवारले अन्तेष्टी गरिसकेको शवलाई प्रहरीले ५ दिनपछि कव्रस्तानबाट उत्खनन्                
समाचार :

स्वर्ण महोत्सवमा प्रशिक्षण, स्वास्थ्य शिविर तथा बृहत् रक्तदान कार्यक्रम

बुटवल । यातायात मजदूर तथा ब्यवसायी भलाई कोषको स्वर्ण महोत्सव तथा ४६ औं वार्षिक साधारण सभाको अवसरमा आइतबार प्रशिक्षण, स्वास्थ्य शिविर तथा बृहत् रक्तदान कार्यक्रम गरिएको छ ।

कार्यालय परिसरमा बिहान स्वास्थ्य जाँच, बृहत् रक्तदान तथा दिउँसो चालक तथा यातायात मजदूरहरुलाई दुर्घटना न्युनीकरण सम्बन्धी प्रशिक्षण दिइएको हो ।

प्रशिक्षण कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक शोभा पाण्डेले ट्राफिक नियम सम्बन्धी, नेको इन्स्योरेन्स प्रदेश प्रमुख रमेश थापाले दुर्घटना बिमाका बारेमा तथा लुम्बिनी प्रदेशका पुर्व न्यायाधीवक्ता खुमाकान्त पौडेलले दुर्घटनापछिको कानुनी प्रवन्धका बारेमा प्रशिक्षण दिएका थिए ।
यातायात मजदुर तथा ब्यवसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेलले स्वर्ण महोत्सवलाई मजदुर, ब्यवसायीहरुको हकहितसंगै सामाजिक उत्तरदायित्वका कार्यक्रम गरी मनाएको बताए । कतिपय कानुनका नया प्रावधानको विषयमा अनभिज्ञ रहेका ब्यवसायीहरुलाई सहयोग हुने गरी कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रममा यातायात र कानुनका विषयमा अधिवक्ता खुमाकान्त पौडेलले सवारी दर्ता प्रमाणपत्र नवीकरण, दुर्घटना बिमा, क्षतिपूर्ति, सजायका पाटोका विषयमा सहजीकरण गरेका थिए ।

अनुसन्धानको पाटो नै मुख्य हुने भन्दै उनले यसको आधारका रुपमा मेडिकल रिपोर्टलाई बनाईने उनले बताए । मुलुकी देवानी संहिताले संरक्षक नियुक्त गर्ने ब्यवस्था गरेको छ । जस अनुसार स्थानीय सरकारबाट प्रमाणित गरेको खण्डमा त्यो संरक्षकले बिमाको क्लेम वा सम्पत्ति प्रति हकदाबी गर्न पाउने ब्यवस्था छ ।

नेपालमा क्षतिपूर्ति पाउने ब्यक्ति नहुने तर क्षतिपूर्ति भराउन निर्देशन दिने जस्ता दोहोरो अर्थ लगाउने कानुनको कारण समस्या उत्पन्न हुने उनले बताए । ‘कानुनलाई सबैले मान्नुपर्छ’—उनले भने । मजदुर र ब्यवसायीहरुलाई लक्षित गरी एक दिने प्रशिक्षण कार्यक्रम गरिएको हो ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले रक्तदान कार्यक्रमको उदघाटन गर्दै बुटवलका संघसंस्थाहरु आफ्नो ब्यावसायिक हकहितसंगै सामाजिक उत्तरदायित्वमा सधै अग्रसर रहेको बताए ।

कार्यक्रममा महासचिव योगबहादुर गुरुङले संस्थाको गरिमालाई सधै उचो राख्ने गरी रचनात्मक कार्यहरु गर्दै आएको बताउँदै मजदूर र ब्यवसायीको स्वास्थ्य, सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गर्न सफल भएको बताए । नेपाल रेडक्रस सोसाईटी, रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ९७ जनाले रक्तदान गरेको उनले बताए ।

यसैगरी चौराह हस्पिटल प्रालिको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरमा मधुमेह, रक्तचाप, मुटुको परीक्षण गरिएको छ । अस्पतालका डा. प्रदिप चापागाई, जनसम्पर्क तथा सूचना अधिकृत जनक कुँवर, सुदिप खत्री, संगिता घर्तीमगर, रिबिसा श्रेष्ठको टिमले १५० जनाको सामान्य परीक्षण, मधुमेहको ९० र ६० जनाको ईसिजी परीक्षण गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार