रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन                
समाचार :

कांग्रेस सभापती देउवा बुधबार दिनभर रुपन्देहीमा व्यस्त

बुटवल । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा बुधवार रुपन्देहीमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् ।

सभापति देउवाले रुपन्देहीको तिलोत्तमा १३ टिकुलीगढमा निमार्ण गरिएको शहिद यादवनाथ आलोकको पूर्णकदको शालिक अनावरण गरे । त्यस्तै नेपाली कांग्रेस ३ नम्बर क्षेत्रिय कार्यसमिति, रुपन्देहीले आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा समेत सहभागिता जनाए । बुधवार नै नेपाल शिक्षक संघको प्रदेश अधिवेशनको लुम्बिनीमा भएको कार्यक्रममा पनि उनी अतिथिको रुपमा सहभागिता जनाए ।

सभापति देउवाले शहिदहरु कुनै पार्टीको नभई देश र जनताको हुनु पर्नेमा जोड दिएका छन् । तिलोत्तमा १३ टिकुलीगढमा निमार्ण गरिएको शहिद यादवनाथ आलोकको पूर्णकदको शालिक अनावरण गदै देश र जनताका लागि काम गर्ने क्रममा अपराधीवाट मारिएका शहिदहरुको सम्मान हुन नसकेको धारणा राखे । उनले अपराधीको जती नै निन्दा गरेपनि नपुग्ने समेत बताए ।

शहिदको सपना पुरा गर्नु दलहरुको कर्तव्य भएको भन्दै सभापति देउवाले यादवनाथ आलोकको सपना पुरा गरेरै छाडने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूर्रो सदस्य तथा पूर्व लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले यादवनाथ आलोकले पुराएको योगदानको संम्झना गदै उहांलाई जती सम्मान गरे पनि कमी हुने धारणा राखे ।

शहिद यादव नाथ आलोक स्मृति केन्द्रका अध्यक्ष हेमराज अर्यालको सभापतित्वमा भएको कार्यक्रममा शहिद पत्नी सीतालक्ष्मी न्यौपानेले श्रीमानले अगाडी सार्नु भएका चाहना र आंकाक्षा पुरा गर्न नेपाली कांग्रेसलाई आग्रह गरिन ।

नेपाली कांग्रेस ३ नम्बर क्षेत्रिय कार्यसमिति, रुपन्देहीले भैरहवामा आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा सभापति देउवाले संक्षिप्त रुपमा बोलेका थिए ।

उनले पार्टीका कार्यकर्ताहरुलाई पार्टीको हितको लागि एकजुट भई लाग्न आग्रह गरे । उनले आफैले उद्घाटन गरेको बिमानस्थल सञ्चालनको लागि पनि आवश्यक पहल गर्ने प्रतिवद्धता समेत जनाए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार