रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

बुटवलमा सिद्धार्थ केवलकार सञ्चालनको अन्तिम तयारी (फोटो फिचर)

बुटवल । बुटवलमा अबको एक महिना भित्रै अर्को नयाँ केवलकार ‘सिद्धार्थ केवलकार’ सञ्चालनमा आउने भएको छ । हाल बुटवल बाट बसन्तपुर सम्म चल्ने लुम्बिनी केवलकार सञ्चालनमा छ । नयाँ बर्ष ०८१ साल बैशाख महिना देखि सिद्धार्थ केवलकार सञ्चालनमा आउने तयारीमा छ ।

सिद्धार्थ केवलकार प्रा.लीका अध्यक्ष राजेन्द्र सिंह गुरुङले अबको डेढ महिना भित्र केवलकार सञ्चालन गर्ने तयारी अनुसार अन्तिम चरणका कामहरु भइरहेको बताए ।

मंसिरमा केवलकार सञ्चालन गर्ने तयारी भएपनि रोवको काम नभएपछि मंसिरमा केवलकार सञ्चालन हुन सकेको थिएन । अध्यक्ष गुरुङका अनुसार अहिले केवलकारको प्ररिक्षण गर्ने काम भइरहेको र संरचनाको फिनिसिङको काम भइरहेको छ ।

‘इटालीबाट रोव ल्याउँदा समय लाग्यो । मंसिरमा सुरु गर्न सकेनौ । अहिले परीक्षणमा छौ । यसलाई ईन्टरनेशनल सटिफिकेशन गरेपछि बैशाख महिना भित्र सुरु गर्छौ’ उनले भने ।

बुटवलको वडा नम्वर १÷ २ स्थित देउराली डाँडामा केवलकारको प्रस्थान विन्दु छ । केवलकारको त्यहि प्रस्थान विन्दु (पहिलो स्टेशन) देउराली डाँडामा मनोरम सिद्धार्थ गार्डेन, उनले टेकेका ६ वटा पाइलाको प्रतिक स्वरुप कमलका फूल निर्माण गरिसकिएको छ । माथिल्लो स्टेशन नुवाकोटमा सातौँ पाइला सहितका संरचना निर्माण भइसकेको छ । त्यहाँ ५० फूट अग्लो सिद्धार्थको मूर्ति निर्माण हुन बाँकी छ । मूति तयार भइसकेको र त्यसलाई जडान गर्न बाँकी रहेको अध्यक्ष गुरुङले बताए ।

त्यसतै टिकट काउन्टर, कार्यालय प्रयोजनका लागि भवन सहितका संरचना निर्माणको काम पूरा भइसकेका छन् ।

पाल्पाको नुवाकोट गढीसम्म पुग्ने सिद्धार्थ केवलकारको ०७७ फागुन ९ गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका थिए ।
२ बर्षमा सञ्चालन गर्ने भनिएपनि रुख कटान सहितका अन्य कामले केवलकार निर्माण ४ बर्षमा पुरा हुन लागेको हो । केवलकार निर्माणको करिव ९५ प्रतिशत काम पुरा भइसकेको अध्यक्ष गुरुङले जानकारी दिए ।

केवलकारको अलवा त्यहाँ रिसोर्ट सहितका अन्य पुर्वधार निर्माण हुने प्रा.लीले जनाएको छ । हाल सम्म ९० करोड लगानी भइसकेको छ । रिसोर्ट सहितको परियोजना पूरा हुँदा यसको कुल लागत डेढ अर्ब माथी हुनेछ ।

केबलकार सञ्चालन पछि बुटवलको पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको प्रा.लिका अध्यक्ष गुरुङले बताए ।

६ दशमलव ०९८ हेक्टर क्षेत्रफल जग्गामा केवलकारका संरचना निर्माण गरिएको छ । नुवाकोट विकास समितिका अध्यक्ष एवं केवलकार संचालक समितिका सदस्य माधव नेपालले बुटवलको आर्थिक चलायमान र यहाँको पर्यटन प्रवद्र्धनलाइ माथी उठाउने उद्देश्यले केवलकार सञ्चालन गर्न लागिएको बताए ।

सिद्धार्थ केवलकारमो बुटवलकै १८५ भन्दा बढि लगानीकर्ता छन् । देउराली डाँडादेखि दुई किलोमिटर केबलकारको सात मिनेटको यात्रापछि नुवाकोट पुग्न सकिने छ । यस केबलकारको निर्माणपछि प्रत्यक्ष रुपमा ६० जना र अप्रत्यक्ष रुपमा १ सय ५० जनाभन्दा बढीले रोजगारी प्राप्त गर्ने कम्पनीको दावी छ ।

बुटवल बजारको अवलोकन गर्दै हरियाली जंगलको माथीबाट गरिने केबलकारको यात्रामा प्राकृतिक दृश्यावलोकन समेत गर्न सकिने भएकाले पनि नुवाकोटमा सिद्धार्थ केवलकार सहजै सञ्चालन हुने प्रा.लीले बताएको छ ।

मणिमुकुन्द सेनको गृष्मकालीन दरबार रहेको नुवाकोट बुटवलदेखि नजिकै रहेर पनि ओझेलमा परिरहेकोले केबलकारको संचालनपछि नुवाकोटको विकासमा समेत टेवा पुग्ने छ ।

२५ वटा गोण्डला रहेको केबलकारमा शुरुआतमा दैनिक ५ हजार यात्रु आवतजावत गर्ने र अधिकतम दैनिक १० हजार सम्म यात्रु बोक्न सक्ने क्षमता छ । केवलकार १ दशमलव ९४ किलाेमिटर लम्बाइकाे हुनेछ ।

पाल्पाको नुवाकोट बुटवलको वडा नं १ र १३ को शिवालिक चुरे श्रृखलाको पानी ढलको भूभाग हो । यो ऐतिहासिक र पुरातात्विक स्थल हो । नुवाकोटको पूर्वी भाग पाल्पाको दोभान क्षेत्र १ करोड १० लाख वर्ष पुरानो मानव पुर्खा रामापिथेकशको उद्गमस्थल हो । कर्णेल उजिर सिंह थापाले नुवाकोटगढीमा मोर्चावन्दी गरेर अंग्रेजलाई परास्त गरेका थिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार