कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

ड्रिम युनिक रुपन्देही सुपरलिग: डिभिजन ‘ए’काे पहिलाे खेलमा सैनामैना विजयी

भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपरलिग’ एक दिवसीय क्रिकेट प्रतियोगितामा बिहीबारदेखि डिभिजन ‘ए’ काे खेल सुरु भएको  छ । डिभिजन ‘ए’ काे पहिलाे खेलमा सैनामैमा क्रिकेट क्लबले वेष्टर्न क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै जित हात पारेकाे छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे वेष्टर्नले निर्धारित ५० ओभरमा ४१ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय ६२ रनकाे मध्यमस्तरकाे याेगफल बनायाे । उसका लागि मिर्नाल गुरुङले ३३, दिपेश राेक्काले १९, सुमित श्रेष्ठले अविजित १९, भुवन पाण्डेले १८ र सन्देश थापाले १० रन बनाए । बलिङमा सैनामैनाका गणेश गाैतमले ५ तथा डिलसद अली र सुनिल पाैडेलले समान २-२ विकेट लिए ।
जवाफी ब्याटिङ गरेकाे सैनामैनाले ४४ ओभर ४ बलमा ८ विकेट गुमाउँदै १ सय ६५ रन बनायाे र जित निकाल्याे । उसकाे जितमा  निश्चल क्षेत्रीले अर्धशतकीय पारी खेल्दै ६१ रन बनाए । यस्तै, सुजन क्षेत्रीले २८ र  डिलसद अलीले १३ रन जाेडे । बलिङमा वेष्टर्नका दिनेश अधिकारीले ३ तथा अभिषेक गाैतम र सुमित श्रेष्ठले समान २-२ विकेट लिए । सैनामैनाका गणेश गाैतम म्यान अफ द म्याच भई एक हजार दुईसय रुपैयाँ पाए ।
रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगितामा आगामी वैशाख ४ गतेसम्म सञ्चालन संघका सदस्यसमेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित