लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

ड्रिम युनिक रुपन्देही सुपरलिग: डिभिजन ‘ए’काे पहिलाे खेलमा सैनामैना विजयी

भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपरलिग’ एक दिवसीय क्रिकेट प्रतियोगितामा बिहीबारदेखि डिभिजन ‘ए’ काे खेल सुरु भएको  छ । डिभिजन ‘ए’ काे पहिलाे खेलमा सैनामैमा क्रिकेट क्लबले वेष्टर्न क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै जित हात पारेकाे छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे वेष्टर्नले निर्धारित ५० ओभरमा ४१ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय ६२ रनकाे मध्यमस्तरकाे याेगफल बनायाे । उसका लागि मिर्नाल गुरुङले ३३, दिपेश राेक्काले १९, सुमित श्रेष्ठले अविजित १९, भुवन पाण्डेले १८ र सन्देश थापाले १० रन बनाए । बलिङमा सैनामैनाका गणेश गाैतमले ५ तथा डिलसद अली र सुनिल पाैडेलले समान २-२ विकेट लिए ।
जवाफी ब्याटिङ गरेकाे सैनामैनाले ४४ ओभर ४ बलमा ८ विकेट गुमाउँदै १ सय ६५ रन बनायाे र जित निकाल्याे । उसकाे जितमा  निश्चल क्षेत्रीले अर्धशतकीय पारी खेल्दै ६१ रन बनाए । यस्तै, सुजन क्षेत्रीले २८ र  डिलसद अलीले १३ रन जाेडे । बलिङमा वेष्टर्नका दिनेश अधिकारीले ३ तथा अभिषेक गाैतम र सुमित श्रेष्ठले समान २-२ विकेट लिए । सैनामैनाका गणेश गाैतम म्यान अफ द म्याच भई एक हजार दुईसय रुपैयाँ पाए ।
रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगितामा आगामी वैशाख ४ गतेसम्म सञ्चालन संघका सदस्यसमेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित