रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

लक्ष्मीधरले जव बुहारीलाई छोरी समान बनाएर कन्यदान गरिदिए…

बुटवल । रुपन्देहीको एक गौतम परिवारले बुहारीलाई छोरीजस्तै अन्माएर पठाएका छन । गुल्मीको चन्द्रकोट गाउंपालिका–२ शान्तिपुर घर भई हाल रुपन्देहीको सैनामैनामा बस्दै आएका लक्ष्मीधर गौतमले बुहारीलाई दोस्रो विवाह गराइदिएका हुन ।

लक्ष्मीधरले ६ वर्ष अघि जेठो छोरा धुब्र गौतम र धना न्यौपानेको धुमधानका साथ विवाह गराएका थिए ।

२७ वर्षीय धुव्रको तीन वर्ष अघि करेन्ट लागेर मृत्यु भएपछि लक्ष्मीधरले परिवारको सहमतिमा बुहारीको अर्को विवाह गराएका हुन । बुहारी धनाको भविष्यका लागि सैनामैना रामापुर कलौनीका अमृत पौडेलसंग कन्यादान दिएर अन्माएका हुन । धना र अमृतको विवाह गत शुक्रवार सामाजिक परम्पराअनुसार बुटवलस्थित एक पार्टी प्यालसेबाट गरिएको हो ।

धनाको वैवाहिक समारोह सकेपछि ५४ वर्षका लक्ष्मीधरले धनाको जीवनलाई सुखी र खुसी देख्नको लागि बुहारीकै इच्छाअनुसार विवाह गरिदिएको बताउनुभयो । नेपाली समाजले परम्परागत र रूढिवादी संस्कारबाट मुक्ति पाइरहेको उदाहरणका रुपमा यो विवाहलाई यस क्षेत्रमा धेरैले लिएका छन । लक्ष्मीधर इजरायलमा रोजगारीको लागि मजदुरी गर्थे ।

जेठो छोरा धुब्रले सैनामैनामा इलेक्ट्रिक पसल सञ्चालन गर्थे । विक्रम सम्बत २०७४ मा झापाको विर्तामोडकी धनासंग उनको प्रेम विवाह भएको थियो । २०७७ फागुनमा छिमेकीको घरमा पंखा बनाउन गएका धुब्रको करेन्ट लागेको मृत्यु भएको थियो । विवाह भएको तीन वर्ष भए पनि धुब्र र धनाबाट बालबच्चा जन्मिएका थिएनन ।

अमृत साउदी अरेबियाको एक कम्पनीमा कार्यरत रहेका गौतम परिवारले जनाएको छ । विवाहको लागि उनी केही समय अघि मात्रै घर आएका हुन । उनी पहिलो श्रीमतीसंग सम्बन्ध विच्छेद गरेर बसेका बताइएको छ । धनाको विवाहमा माइतीलाई झापामा खबर गरे पनि उनीहरू भने सहभागी बनेका थिएनन ।

धनाले सैनामैना क्षेत्रमा केवल नेटवर्कमा काम गर्दै आएकी छिन । अमृतसंग उनको केही समय अघिदेखि चिनजान भएको थियो । अमृत र धनाको दुवैको खुसीको लागि यो विवाह जुरेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित