तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

४२ तस्वीरमा हेर्नुहोस–तिलोत्तमाकाे ६ लेन सडकमा रंगीबिरंगी ढकमक्क फूलेका फूलैफूल

अहिले पश्चिमबाट स्थलमार्ग भएर काठमाडौं जाँदा सबैभन्दा हैरानी खेप्नुपर्ने सडकको नामले चिनिएको छ, बुटवल-नारायणगढ खण्ड।

धुलो, खाल्डाखुल्डी र जामले ११३ किलोमिटर सडक पार गर्न पूरा ५ घण्टा लाग्छ। त्यसैले धेरैले यो सडक खण्डको नामै लिन चाहदैनन्। धुलो, फोहोर र उजाड भौगोलिक अवस्था नेपाली राजमार्गको समपुरक जस्तै बनेका छन्।

तर सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देहीको तिलोत्तमा खण्ड भने केही फरक छ। त्यहाँ फूलैफूल र हरियालीले तपाईंको स्वागत गर्छन्। जसकारण यात्रा पनि सुन्दर बन्छ।

सडकमा ढकमक्क बेगमबेली सहितका फूलहरू फुलेका छन्। रंगीबिरंगी फूल र त्यसको सौन्दर्यले राजमार्ग सुन्दर बनेको छ। राजमार्ग किनारका बासिन्दा पनि खुसी छन्।


ठाउँ-ठाउँमा बुद्धको मूर्ति फूलसँगै रहदा त्यसले अझ पनि सौन्दर्य देखिएको छ। सडकभरी बुद्धका मुर्ति राखिँदा लुम्बिनीमा बुद्ध जन्मिएका हुन भन्ने पहिचान पनि देखाएको छ।

‘ग्रीन तिलोत्तमाः क्लिन तिलोत्तमा’ महाअभियानको क्रममा हालसम्म दुई लाख भन्दा बढी वहुगुणी फलफूल तथा वनस्पतिका विरुवाहरू लगाएको नगरभित्रका सडक बसन्त क्रृतुसंगै अहिले फूलले राताम्मे भएका हुन्।

नगरपालिकाले सिटी फ्लावरको रूपमा बेगमबेली निर्धारण गर्दै जन्मदिनमा कम्तिमा एउटा विरुवा रोप्न नगरबासीलाई आह्वान गरेको छ।

तिलोत्तमा सडक खण्डको १३ किलोमिटर सडकमा २५ सय बढी प्रजातिका विभिन्न फूलका विरुवाहरू लगाइएको नगरका वातावरण शाखाका हरियाली प्रवद्र्धन अधिकृत गोरखनाथ खनालले बताए। सुक्खा ठाउँमा फूल्ने र जरासमेत जमिनमुनि धेरै नजाने भएकाले यही फूल रोजिएको उनको भनाइ छ।

फूलहरूमा नगरपालिकाले पानी राख्ने, काटछाट गर्ने, गोडमेल गर्ने र मल राख्ने काम निरन्तर गर्दै आएको छ।

‘तिलोत्तमाका १७ वटा वडामा ३४ सफाइकर्मी छन्। मुख्य राजमार्गमा उहाँहरूको क्षेत्रभित्र पर्नेले फूलको गोडमेल गर्ने र सफाई गर्ने काम गर्नुहुन्छ,’ उनले भने, ‘त्यसबाहेक अन्य सफाइ कर्मचारीहरू पनि खटिएका छन्।’

तिलोत्तका सडकमा बेगमबेली, हमेलिया, कल्की, करविरका साथै विभिन्न फूल तथा आँप, बर, पिपल, स्वामी लगायतका विरुवाहरू पनि छन्।

जाली लगाएर घेरिएको डिभाइडर र कंक्रिटको रिङमा लगाएका फूल र बिरुवाले राजमार्ग बाह्रमास हरियाली र मनमोहक बनाउने गरेको छ।

दिनभर हरिया बिरुवा र फूलले मनमोहक बनाउने राजमार्ग रातपरेपछि थरीथरीका बत्ती बलेर झिलिमिली बन्छ। करिब पाँच वर्षअघि बेलहिया बुटवल खण्डको यो राजमार्ग ६ लेनमा विस्तार भएपछि आसपासका रुख काटिए।

त्यसको सट्टामा तिलोत्तमा नगरपालिकाले राजमार्गको मुख्य डिभाइडर र सर्भिस लेनतर्फको डिभाइडरमा विभिन्न प्रकारका फूल र बिरूवा लगाएको थियो।

     

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित