भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

शुक्रबार देखि तिलोत्तमामा शहिद आलोकको स्मृतीमा फुटसल प्रतियोगिता हुँदै

बुटवल । रुपन्देहीको तिलोत्तमा–५ मा शहिद यादव नाथ आलोकको स्मृतिमा दोस्रो तिलोत्तमा नगरस्तरिय फुटसल प्रतियोगिता हुने भएको छ ।
तरुणदल तिलोत्तमा नगर समितिको आयोजनामा शुक्रबार देखि फुटसल प्रतियोगिता हुने भएको हो । आयोजक तरुणदल तिलोत्तमा नगरसमितिले विहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।

तरणदल तिलोत्तमाका अध्यक्ष खिम क्षेत्रीले शहिद यादवनाथ आलाको सम्झनामा गर्न लागिएको प्रतियोगितामा तिलोत्तमा १७ वटा टिमको सहभागिता रहने बताए तिलोत्तमा–५ कफि कम्पनी नजिक रहेको युनिक फुटसल एरिनामा हुने प्रतियोगिताको उद्घाटन सहित यादवनाथ आलोककी श्रीमती सिता न्यौपानले गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा विजेताले ३० हजार र उपविजेताले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्तगर्नेछन् । कुल २ लाख ८० हजार खर्च अनुमान गरिएको प्रतियोगिताको समापन शनिबार हुनेछ ।

कार्यक्रममा शहिद यादवनाथ आलोककी छोरी विना न्यौपाने नेपाली कांग्रेस पुर्व पार्टी सभापती रामचन्द्र ढकाल लगाएतले बोल्दै आलोकले समाजमा पुराएको योगदानको बारेमा चर्चा गरेका थिए । कार्यक्रम सचिव होम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित