लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

रुपन्देहीमा आज लेजेण्ड्स कप क्रिकेट हुँदै

भैरहवा । रुपन्देहीको तिलोत्तमामा आज लेजेण्ड्स कप क्रिकेट हुँदैछ।

गुल्मीका गैरआवासीय नेपाली विनोद कुँवरले निजी लगानीमा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटनको अवसरमा ‘तिलोत्तमा एक्ट्राटेक लेजेण्ड्स कप क्रिकेट’ हुन लागेको हो।

टी-१० फरम्याटमा हुने खेल विहान ९ बजेदेखि हुने कुँवरले जानकारी दिए ।

प्रतियोगितामा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी-२० विश्वकप खेलेको टोली, रूपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपालबीच प्रतिस्पर्धा हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सन् २०१४ टोलीको कप्तानी गर्नेछन्।

सन् १९९६ को कप्तानी एलबी क्षेत्री, रेस्ट अफ नेपालको कप्तानी कलाम अली तथा रुपन्देही लेजेन्ड्सको कप्तानी हरिबहादुर थापाले गर्ने बताइएको छ।

रंगशाला खेल्नका लागि तयार भए पनि अझै केही भौतिक निर्माण भने बाँकी छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित