लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

तिलोत्तमामा एक्स्ट्राटेक लिजेन्ड कप हुँदै

रुपन्देहीको तिलोत्तमामा फागुन २८ सोमवार एक्स्ट्राटेक लिजेन्ड कप हुने भएको छ ।

तिलोत्तमा नगरपालिका वडा नम्बर १७ स्थित पूर्व दरखसवामा नवनिर्मित अन्तर्राष्ट्रिय स्तरको एक्स्ट्राटेक ओभल मैदानको उद्घाटनस्वरुप यो प्रतियोगिता हुन लागेको हो । ​

एक्स्ट्राटेक ओभलले  बुटवलमा पत्रकार सम्मेलन गरी लिजेन्ड कपको तयारीबारे जानकारी गराएको छ ।

यो निजी क्षेत्रबाट बनेको नेपालको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हो ।

एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद कुँवरले क्रिकेट मैदान सञ्चालनमा आएसँगै रुपन्देही क्रिकेटको नामबाट पनि चिनिने आधार तयार भएको बताए । टी– १० संरचनामा हुने एकदिने प्रतियोगितामा लिजेन्ड्स- ९६, रेस्ट अफ नेपाल, विश्वकप २०१४ र रुपन्देही लिजेन्ड्स गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

तिलोत्तमा नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा निभिया जर्सी पार्टनर र एयरलायन्स पार्टनरको रुपमा यती एयरलाइन्स रहेको छ । यो टोलीका १४ मध्ये १२ खेलाडीले लिजेन्ड्स- ९६ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा उत्रिने छन् ।

नेपालले सन् २०१४ मा बंगलादेशमा पहिलो पटक ट्वान्टी–२० विश्वकप खेलेको थियो । यही टोलीका ६ खेलाडी विश्वकप २०१४ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्ने छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का महासचिव पारस खड्काको कप्तानीमा रहेको विश्वकप– २०१४ को टोलीबाट ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, जीतेन्द्र मुखिया र अविनाश कर्ण रहेका छन् । २०१४ मा विश्वकप खेलेको नेपाली टोलीका ८ खेलाडी अहिले विदेशमा छन् । सोमपाल कामी र विनोद भण्डारी नेपाली राष्ट्रिय टोलीसँगै हङकङमा छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित