भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

बुटवलमा २ अर्ब लगानीमा पाँचतारे होटल सफ्रोन सीके खुल्दै

बुटवल । लुम्बिनी प्रदेशको बुटवलमा पांचतारे होटल ‘सफ्रोन सीके प्रालि’ निर्माणको काम अहिले तिब्र गतिमा सुरु भएको छ । हाल सम्म निर्माणको काम करिव ६५ प्रतिशत सकिएको छ ।

उद्योगीहरु चुन्नु प्रसाद पौडेल, कमल किशोर मालपानी, नरिश्वर पौडेल, उमाशंकर पालमानी, भुमिराज पौडल र सर्वण बेरिवालको २ अर्बको संयुक्त लगानीमा होटल सफ्रोन सीके सञ्चालनमा आउँदैछ ।

यो पाँचतारे होटलमा नविल बैंकको १ अर्ब बढि क्रृण लगानी हुनेछ । पाँच बर्ष अघि निर्माण थालिएको होटल पूर्ण रुपमा सञ्चालनमा आउन अझै एक बर्ष लाग्ने प्रा.लीका अध्यक्ष चुन्नप्रसाद पौडेलले बताए । ०७९ सालमै होटल सञ्चालनमा ल्याउने गरी काम भएपनि विभिन्न कारणले होटल सम्पन्न नभएको उनले बताए ।

बैंकले व्याजदर बढाएर १४ पुराएपछि केही समय होटलको काम नै भएन । बैंकको व्याजदर घटेपछि कामले पुनः तिब्रता पाएको छ ।
बैंकको ७० प्रतिशत र सञ्चालकहरुको ३० प्रतिशत लगानी रहने गरी होटल निर्माण भएपनि लगानी अझै बढ्दै जाँदा बैंकबाट क्रृण थप्नुपर्ने अवस्था रहेको उनले बताए ।

होटल निर्माण सुरु गर्दा १ अर्ब ४५ करोड ६० लाख रुपैयां लाग्ने अनुमान गरिएको भएपनि अहिले २ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
हाल सम्म बैंकबाट ९० करोड बढि रुपैयां बैंकबाट ऋण प्राप्त भइसकेको छ । ५ हजार ७४६ वर्गमिटरमा फैलिने होटलमा १०९ वटा कोठाहरू रहने छन् ।

अहिले शिभिलको काम सकिएर भित्र फिनिसिङको काम सुरुभएको छ । त्यस्तै क्यासिनो निर्माणको काम पनि भर्खरै सुरु भएको छ ।
क्यासिनो निर्माण स्थलमा हाईटेन्सन लाईन रहेका कारण एक बर्ष ढिला गिरी क्यासिनोको काम सुरु भएको उनले बताए ।

‘क्यासिनो माथीबाट हाइटेन्सनको तार गएको छ । यसलाई अगाडि बाट लैजाने प्रक्रिया थाल्दा १ बर्ष ढिला भयो । अबको एक महिनामा तार सर्दैछ’ उनले भने ।

२६ हजार स्वकार फुटमा निर्माण हुने लागेको यो क्यासिनो रुपन्देहीको दोस्रो ठुलो क्यासिनो हो । तिलोत्तमामा रहेको टाईगर रिसोर्ट जिल्लाकै ठुलो क्यासिनो हो । क्यासिनो सहितको होटलको सवै संरचनाको निर्माण शर्मा एण्ड शर्मा कम्पनीले गरिरहेको छ ।

पांचतारे स्तरको होटलमा रेष्टुरेन्ट, स्विमिङ पुल, सम्मेलन र ब्याङकेट हल, स्पा र अन्य सुविधाहरू रहने उनले बताए ।

‘नाफामा होटल जान्छ भन्ने आशा छैन’

प्रा.लीका अध्यक्ष चुन्न प्रसाद पौडेल बुटवलमा पाँच तारे होटलको प्रचुर सम्भावना देखेर लगानी गरेको भएपनि अहिले अवस्था पहिले जस्तो नभएको बताउँछन् । होटलको निर्माण सुरु भए संगै भएको आर्थिक मन्दी, प्रदेश राजधानी दाङ जानु तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान नहुदा त्यसको प्रत्यक्ष असर होटलमा पुग्ने उनले बताए ।

प्रा.लीका अध्यक्ष चुन्न प्रसाद पौडेल

‘हामीले निर्माण थाल्दा सवै ठिक अवस्था थियो । विमानस्थल निर्माणकै क्रममा थियो । प्रदेशको मुकाम बुटवल थियो । स्थायी राजधानी यहाँ हुन्छ भनेर यो आट गरेका थियौ । तर अहिले सवै परिस्थिती बदलिएको छ’ उनले भने ।

उनले अहिलेको अवस्थामा होटल सञ्चालनमा आए होटल सञ्चालन खर्च उठ्नु नै ठुलो उपलब्धी हुने बताए । अर्वौ लगानी गरेर नाफा कमाउनु भन्दा पनि होटलको सञ्चालन खर्च पुगे त्यसलाई उपलब्धी मान्नुपर्ने उनको भनाई छ ।

‘अहिलेको अवस्था भए यो आट्न गर्ने कुरै थिएन । बनाएर आधा सकिएपछि राजधानी दाङ गयौ । विमानस्थल सुरु भएपनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेन । पर्यटकहरु आउने कुरै छैन । त्यसमाथी आर्थिक मन्दी थपियो । त्यसैले बीचमै काम रोक्नु भन्दा सम्पन्न गरौ भनेर लागेका छौ’ उनले भने ।

‘भारतीय पर्यटकका लागि रकमको सीमा बढाउनुपर्छ’

नेपाल–भारत सीमानाबाट बुटबलस्थित यो होटलमा पुग्न २६ किलोमिटर दुरी रहेको छ । विमानस्थल नचलेपछि होटल सञ्चालनको प्रमुख आधार भारतिय पर्यटकनै हुन । सरकारी नियम अनुसार एक जना भारतीय पर्यटकले २५ हजार भारतीय रुपियाँ (भारु) मात्र ल्याउन पाउँछन ।

जसले गर्दा भारतीय पर्यटकले चाहेर पनि यहाँ धेरै रकम खर्च गर्न पाइरहेका छैनन । अध्यक्ष पौडेलले भारतीय पर्यटक आउँदा साथमा ल्याउने रकमको दायरा बढाउन सरकार संग माग गरे ।

उनले कम्तीमा एक लाख भारुसम्म बोकेर आउन दिनुपर्ने र यसबारे प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई पर्यटन व्यवसायीको तर्फबाट ध्यानाकर्षण गराइसकेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित