कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

दुध उत्पादक किसानको शान्तीपूर्ण विरोधमा प्रहरीको वलजफ्ती (फोटो फिचर)

बुटवल । दुध वापतको भुक्तानी, मनपरी कायम गरिएको मूल्य खारेजी, भारतबाट अवैध रुपमा भित्रीरहेको दुध तथा दुग्धजन्य पर्दाथमा रोक लगायतका मागा राखी आन्दोलनरत दुध उत्पादक किसानले बुटवलमा एक घण्टा चक्काजाम गरेका छन् ।

बुटवलको राजमार्ग चौराहमा जम्मा भएकोदुध उत्पादक किसानहरुले पुर्व पश्चिम महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्ग लक्षित एक घण्टा चक्काजाम गरेका हुन ।

किसानले चक्काजाम गरेपनि नेपाल प्रहरी, शशस्त्र प्रहरीले जाम खुलाउन किसान माथी केही समय बल समेत प्रयोग गरेको थियो ।

शान्तीपूर्ण चक्काजाममा उत्रेका किसानहरु माथी बल प्रयोग भएपछि केही बेर प्रहरी र आन्दोलनरत किसान धकेलाधकेल समेत भएको थियो । ईलका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितको नेतृत्वमा रहेको प्रहरी टोलीले केही कृषकलाई लछारपछार समेत गरेको थियो । चारैतर्फबाट सुरक्षाकर्मीले घेरिएपछि कृषकहरुले सकार विरुद्ध विभिन्न नारा लगाएका थिए ।

किसानहरुले राज्यले आफ्नो माग पुरा नगरुन्जुल आन्दोलन जारी राख्ने बताएका छन् ।

खुल्ला दुग्ध उत्पादक सहकारी संघ रुपन्देहीको आयोजनामा भएको विरोध कार्यक्रममा किसानहरुले दुधको भुक्तानी तुरुन्त गर, अघोषित मिल्क होलिडे बन्द गर, भारतिय दुध प्रतिबन्ध गर, कृषिमन्त्री राजिनामा दे, जस्ता नारा लगाएका थिए ।

दुध बिक्री गरेको करिब ६ अर्ब रुपैयाँ बक्यौता उठाउन देशभरका किसानले सोमबारबाट आन्दोलन सुरु गरेका थिए । केन्द्रीय सर्कलुर अनुसार विहिबार किसानहरुले ठाउँ ठाउँमा एक घण्टा चक्काजाम गरेका हुन ।

जिल्ला दूध उत्पादन सहकारी सङ्घ रुपन्देहीका उपाध्यक्ष खिमलाल पाण्डेले किसान आन्दोलनलाई थप सशक्त बनाउने बताएका छन् ।

दुग्ध विकास संस्थाको गत भदौदेखिको करिब ५८ करोड दूधको रकम भुक्तान गर्न बाँकी रहेको छ भने रुपन्देहीका सहकारी संस्थाहरूले दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजना र अन्य निजी डेरीहरूमा गरी दुई कराेड भन्दा बढीको भुक्तानी लिन बाँकी रहेको पाण्डेयले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित