दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

को हुन् ? प्रहरीको हतियार खोस्न खोज्ने देवदहका जनप्रतिनिधी ! (फोटो फिचर)

बुटवल । सोमबार रुपन्देहीको देवदहमा नगरपालिकामा केही जनप्रतिनिधीले उश्रृङखल हर्कत गरेका छन् ।

नगरपालिकाको निर्णय संग असहमत भएपछि तालाबन्दी गर्न पुगेका काँग्रेस राप्रपाका नेता कार्यकर्ताले प्रमुख प्रशासकीयको नेम प्लेट समेत तोडफोड गरेर फालेका छन् भने हुलहुज्जतमा काँचको टेबल समेत फुटेका छन् ।

उनीहरुले नेपाल प्रहरीले बोकेको टियर ग्याँसको हतियार खोस्ने प्रयास समेत गरेका थिए ।

त्यसपछि भने त्यहाँ जनप्रतिनिधी र प्रहरी बीच केही समय तनाव उत्पन्न भयो । तालाबन्दी गर्न पुगेका जनप्रतिनिधीहरुले प्रहरी संगको मुकाविला पछि देवदह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटालाई कार्यकक्षबाट जबरजस्ती बाहिर निकाली तालाबन्दी गरेका छन् ।

गत पुस १७ गतेको कार्यपालिका बैठकमा प्रस्तावित विषयहरुमाथि सहमति नजुटेपछि १२ वडाका वडाध्यक्ष मध्ये ७ वटा वडाका वडाध्यक्षहरु र १ जना कार्यपालिका सदस्य सहित ५ जना कार्यपालिका सदस्यले कार्यपालिका बैठकमा नट अफ डिसेन्ट लेखेका थिए ।

नगर प्रमुख, उपप्रमुखका नामका योजनामा अपारदर्शी तरिकाले सम्झौता गरी भुक्तानी गरिएको, नगर प्रमुखले आफ्नो कुल मन्दिरमा रकम विनियोजन गर्दा वडाको सहमति नलिएको, वडा नं ८ मा नदीजन्य पदार्थको अवैध चोरी तस्करी गर्ने ट्याक्टर, एक्साभेटरलाई नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा राजश्व नलिई छाडिएको वडाध्यक्षहरुको भनाइ छ ।

त्यस्तै देवदहमा खेलकुद बिकास समितिको संयोजक तथा सदस्य छनोटको विषयमा असहमती जनाएका छन् ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित