दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

यस्तो रहयो– दोस्रो मिस्टर उजिरसिह बडिबिल्डिङ प्रतियोगिता (फोटो फिचर)

रुपन्देहीमा सम्पन्न दोस्रो मिस्टर उजिरसिह बडिबिल्डिङ प्रतियोगिताको उपाधि फिटनेश हबका स्यामुयल गुरुङले चुमेका छन । शनिबार भएको ओभरअल क्याटगरीमा अन्य प्रतिस्प्रर्धीलाई पछि पार्दै उनि उपाधि चुमेका हुन । उपाधिसंगै उनले नगद ५० हजार रुपैया, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत भए । यसैगरि प्रतियोगिता अन्तरगत जिल्लास्तरीय मेन्स फिजिक्सको उपाधि अखिल भण्डारीले चुम्दै नगद ५ हजार, ट्रफिबाट पुरस्कृत भए । यसैगरि रबिन दाहाल दोस्रो हुदै नगद २ हजार रुपैया, ट्रफि, प्रमाणपत्र र अरुण शाही तृतिय हुदै नगद ३ हजार, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत भए ।

यसैगरि प्रदेशस्तरीय वुमन्स फिजिक्सको उपाधि भने बुटवल फिटनेश एण्ड जिम हाउसकी रबिना कुँवर उपाधि जितेकी छिन । उपाधिसंगै उनले नगद १० हजार रुपैया, ट्रफिबाट पुरस्कृत भईन । उपविजेता रोयल फिटनेश दाङकी नम कुमारी थापा नगद ८ हजार तथा भालुभैरव जिमकी जुनु पुन तेस्रो हुँदै नगद ५ हजार रुपैया, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत भईन ।

एक समारोहका बिच लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सिके गुप्ताले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

कार्यक्रममा उजिरसिह माबिकी समीक्षा बिकले जितगढि किल्ला र उजिरसिह थापाको ईतिहास बारेमा जानकारी दिदै बिस १८७२ मा जितगढीमा भएको युद्धमा अग्रेज सेनालाई उजिरसिह थापाको नेतृत्वमा नेपाली सेनाले पराजित गरेको ईतिहास रहेको बताईन । उजिरसिहलाई २० वर्षको उमेरमा कर्णेलको पदवी दिएर जितगढीमा पठाईएको र उनको बीरकौशलताका कारण परम्परागत हातहतियारबाट लडेको नेपाली सेनाले अत्याधुनिक हतियारसहित सुसज्जित अग्रेज फौजलाई पराजित गरेको थियो । उनको २९ वर्षकै उमेरमा औलोबाट उनको मृत्यु भएको थियो । जितगढीलाई सम्पदा सुचिमा राख्ने र उजिरसिहलाई राष्ट्रिय विभुति घोषित गर्न जरुरी रहेको उनले धारणा ब्यक्त गरिन ।

यसैबिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवि अर्याल, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, नेपाल शारिरिक सुगठन तथा फिटनेश महासंघका केन्द्रीय उपाध्यक्ष सितु प्रसाद श्रेष्ठ, बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, बुटवल उपमहानगरपालिका खेलकुद शाखा प्रमुख कोपिला ज्ञवाली, मध्यपश्चिम प्रितना हेटक्वाटरका प्रमुख सेनानी दुर्गा बहादुर थापा, खेलकुद पत्रकार स्वस्तिक श्रेष्ठ, पावर लिफ्टिङ संघका अध्यक्ष चन्द्रमान श्रेष्ठले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन । कार्यक्रममा नेपाल शारिरिक सुगठन तथा फिटनेश महासंघका केन्द्रीय उपाध्यक्ष सितु प्रसाद श्रेष्ठ नियमित ब्यायाम, सन्तलित आहारबिहारबाट बनाएको शरिरलाई प्रदर्शन गर्ने खेल नै शारिरिक सुगठन भएको बताए । राजधानी पछिको शारिरिर सुगठनको हबका रुपमा बुटवलको पहिचान बनेको उनले बताए ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले खेलकुदको हबका रुपमा बिकास गर्ने लक्ष्यसहित योजनावद्घ रुपमा कार्यक्रमहरु तयार गरेको बताईन । खेलकुद गतिविधिसंगै पुर्वाधार विकासका धेरै कामहरु अघि बढेको उनले बताईन ।

कार्यक्रममा रुपन्देही जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष राजकुमार श्रेष्ठले खेलकुदमा जोडिएसंगै मानिस र समाज स्वस्थ्य रहन सक्ने भन्दै खेलबाट नै विश्वमा उत्कृष्ट राष्ट्रहरुलाई पराजित गर्न सकिने उदाहरण धेरै रहेको बताए ।

कार्यक्रममा बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले फिटनेशबाट युवाहरुमा शरीर फिट हुनेमात्र नभई देशकै नाम अन्तराष्ट्रिय मंचमा देखाएर चिनाउन भुमिका खेल्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित