निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

गण्डकी र आर्मी मणिमुकुन्द भलिबलको फाइनलमा

रुपन्देहीको तिलोत्तमामा जारी प्रतियोगिताको सेमिफाइनलमा बुधबार गण्डकीले नेपाल पुलिस क्बललाई ३–२ ले हराएको थियो । अर्को सेमिफाइलनमा आर्मीले अर्को विभागिय टोली नेपाल एपिएफ क्बललाई ३–० को सोझो सेटमा हराउँदै गण्डकीसँगको भेट पक्का गरेको थिाये ।

गण्डकीले सेमिफाइनलको पहिलो सेट २५–२१ र दोस्रो सेट २५ –१७ जित्दै २–० को अग्रता बनाएको थियो । तर, तेस्रो १९–२५ र चौथो २०–२५ ले पुलिसले जितेपछि खेलमा २–२ भएको थियो । ३४ औं राष्ट्रिय भलिबलको विजेता पुलिसलाई पाँचौ सेटमा गण्डकीले १५–१० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो । गण्डकीका जिवन सुनार खेलको म्यान अफ दी म्याच घोषित भएका थिए ।

आर्मीले प्रतिस्पर्धात्मक खेलमा एपिएफलाई २५–२२, २५–२० र २५–२३ हराउँदै उपाधि नजिक पुगेको हो । राष्ट्रिय टोलीका कप्तान समेत रहेका आर्मीका मान बहादुर श्रेष्ठ म्यान अफ दी म्याच चुनिाएका थिए । प्रतियोगिताको फाइनल र तेस्रो स्थानको प्रतिस्पर्धा बिहीबार हुनेछ ।

मणिमुकुन्द भलिबल क्लब, रुपन्देहीको आयोजना नेपाल भलिबल संघको संयोजनमा जारी प्रतियोगितालाई प्रदेश खेलकुद परिषद, लुम्बिनीले मुख्य प्रायोजन गरेको छ।

प्रतियोगिताको विजेताले २ लाख , दोस्रोले र १ लाख ५०, तेस्रोले १ लाख र चौथो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले १० हजार र विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित