लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

गण्डकी र आर्मी मणिमुकुन्द भलिबलको फाइनलमा

रुपन्देहीको तिलोत्तमामा जारी प्रतियोगिताको सेमिफाइनलमा बुधबार गण्डकीले नेपाल पुलिस क्बललाई ३–२ ले हराएको थियो । अर्को सेमिफाइलनमा आर्मीले अर्को विभागिय टोली नेपाल एपिएफ क्बललाई ३–० को सोझो सेटमा हराउँदै गण्डकीसँगको भेट पक्का गरेको थिाये ।

गण्डकीले सेमिफाइनलको पहिलो सेट २५–२१ र दोस्रो सेट २५ –१७ जित्दै २–० को अग्रता बनाएको थियो । तर, तेस्रो १९–२५ र चौथो २०–२५ ले पुलिसले जितेपछि खेलमा २–२ भएको थियो । ३४ औं राष्ट्रिय भलिबलको विजेता पुलिसलाई पाँचौ सेटमा गण्डकीले १५–१० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो । गण्डकीका जिवन सुनार खेलको म्यान अफ दी म्याच घोषित भएका थिए ।

आर्मीले प्रतिस्पर्धात्मक खेलमा एपिएफलाई २५–२२, २५–२० र २५–२३ हराउँदै उपाधि नजिक पुगेको हो । राष्ट्रिय टोलीका कप्तान समेत रहेका आर्मीका मान बहादुर श्रेष्ठ म्यान अफ दी म्याच चुनिाएका थिए । प्रतियोगिताको फाइनल र तेस्रो स्थानको प्रतिस्पर्धा बिहीबार हुनेछ ।

मणिमुकुन्द भलिबल क्लब, रुपन्देहीको आयोजना नेपाल भलिबल संघको संयोजनमा जारी प्रतियोगितालाई प्रदेश खेलकुद परिषद, लुम्बिनीले मुख्य प्रायोजन गरेको छ।

प्रतियोगिताको विजेताले २ लाख , दोस्रोले र १ लाख ५०, तेस्रोले १ लाख र चौथो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले १० हजार र विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित