लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

मणिमुकुन्द राष्ट्रिय भलिबल प्रतियोगिता: सेमिफाईलमा तीन विभागीय सहित गण्डकी भिड्दै

बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा बिभागीय टिमको दबदबा कायमै रहेको छ ।
बिभागीय टिम नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी र गण्डकी प्रदेश खेलको सेमिफाईनल पुगेपछी फाईनल रोचक हुने देखीएको छ । मंगलबार भएको प्रतियोगितामा नेपाल पुलिस क्लब र कोशी प्रदेश बिच भएको खेलमा नेपाल पुलिस क्लबले सोझो सेटमा कोशीलाई हराउन सफल भएको छ । प्रहरीले २५–१७,२५–१३,२५–१५ मा कोशीलाई रोक्दै नेपाल पुलिस क्लब बिजयी भएको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाल पुलिस क्लबका खेलाडी पहल गहतराजलाई खेलको म्यान अफ द म्याच हुन सफल भएका छन ।
उनलाई नगद सहित सम्मान गरिएको हो । बिजयी सँगै नेपाल पुलिस क्लब उपाधिको दाबेदार देखीएको छ । दोस्रो खेल बाग्मती प्रदेश एपिएफ बिच भएको खेलमा एपिएफ क्लब बिजयी भएको हो । एपिएफले पहिलो सेट २५– १८ बनाएर पहिलो सेट हात पारेको थियो तर दोस्रो सेट भने बाग्मतीले एपिएफलाई १८ मा रोक्दै २५ बनाएर पुनः खेल बराबरी बनाएको थियो । एक एक सेट बाढेको प्रतियोगितामा २ सेट भने एपिएफले आफनो कोल्टामा पार्न सफल भएको छ । एपिएफले २५–१९, २५–१९, मा रोक्दै सेमिफाईनल यात्रा तय गरेको हो । खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै एपिएफ क्लबका खेलाडी लोकेन्द्र गिरी म्यान अफ द म्याच हुन सफल भएका छन । उनलाई नगद सहित सम्मान गरीएको हो ।
तेस्रो सेट त्रिभुवन आर्मी क्लब र सुदुरपश्चिम प्रदेश बिच भएको खेलमा सोझो सेटमा त्रिभुवन आर्मी क्लब बिजयी भएको छ । आर्मीले २५–१५,२५–१९,२५–१९, बनाएर जित हात पारेको हो । खेलमा उत्कृष्ट खेद प्रदर्शन गरेको भन्दै त्रिभुवन आर्मीका खेलाडी हरि अधिकारीलाई प्रतियोगितको म्यान अफद म्याच घोसित गरीएको थियो ।
उनलाई नगद सहित सम्मान गरीएको हो । चौंथो खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेश बिच भएको खेलमा गण्डकी प्रदेश बिजयी भएको छ । गण्डकीले २५–१७, २५–१८, २५–२२, मा लुम्बिनीलाई रोक्दै गण्डकी सेमिफाईनल पुगेको हो । प्रतियोगितामा उत्कुष्ट खेल प्रदर्शन गरेको भन्दै गण्डकीका खेलाडी बिश्वास अधिकारी खेलको म्यान अफद म्याच हुन सफल भएका छन । उनलाई खेलकुद परिषद्का लुम्बिनीका सदस्य सचिव जयप्रकाश भटराईले नगद सहित सम्मान गरेका थिए ।
प्रतियोगितामा प्रथम टिमले नगद २ लाख १ रुपैँया सहित कप, मेडल, प्रमाणपत्र पाउने छन । द्वितिय हुनेले १ लाख ५० हजार १ रुपैया नगद कप मेडल प्रमाणपत्र हात पार्नेछन । तृतिय हुनेले नगद १ लाख १ रुपैया नगद सहित कप मेडल प्रमाणपत्र पाउने छन भने सान्त्वना स्थान हुनेले नगद ५० हजार १ रुपैया सहित कप मेडल प्रमाणपत्र पाउने खेल सँयोजक सुरेन्द्र गुरु·ले बताए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई विधागत रुपमा नगद सहित मायाको चिनोले सम्मान गर्ने आयोजक क्लब मणिमुकुन्द भलिबल क्लबका सल्लनहकार मिलन रानाले बताए । प्रतियोगिता माघ ३ गते सम्म सञ्चालन हुने छ । खेलको मुख्य प्रायोजक तिलोत्तमा नगरपालीकाले रहेको छ । भने प्रदेश खेलकुद परिषद लुम्बिनीको खेल प्रर्वद्धक नेपाल भलिवल संघ रहेको छ । लुम्बिनी प्रदेश भलिबल संघ, जिल्ला भलिबलको विशेष सहयोगमा प्रतियोगीता जारी रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित