दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

नेपाल पुलिस, एपिएफ, लुम्बिनी, सुदूरपश्चिम छनौट

रुपन्देहीमा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागिय टिमहरु नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीको एपिएफसंगै लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश विजयी हुदै छनौट भएका छन । प्रतियोगिताको समुह ए बाट नेपाल पुलिस र सुदुरपश्चिम तथा समुह बि बाट एपिएफ र लुम्बिनी प्रदेशले लिग कम नकआउट चरण अन्तरगत सोमबारको खेलमा जित निकाल्दै छनौट हुन सफल भएका हुन ।

पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई २५–१३, २५–१२, २५–१८ को सोझो सेटमा पराजित गरेको हो । योसंगै मधेश प्रदेश प्रतियोगिताबाट बाहीरिएको छ । प्रतियोगितामा सुदूरपश्चिमका बेद प्रकाश जोशी म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
दोस्रो खेलमा लुम्बिनी प्रदेशले कणाली प्रदेशलाई पराजित गरेको हो । लुम्बिनीले लगातार दुई सेट २५–२०, २५–२० अंकसहित जित निकाल्दै खेलमा अग्रता लिएको थियो । तेस्रो सेटमा कर्णालीले २५–२३ ले जित निकाल्दै खेलमा फर्कियो । बेष्ट अफ फाईभमा खेलाईएको खेलको चौथो सेटमा लुम्बिनीले २५–२१ अंकमा जित निकाल्दै खेल आफनो पोल्टामा पारेको थियो । यो हारसँगै कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । खेलमा लुम्बिनी प्रदेशका संगम श्रीष म्यान अफद म्याचबाट पुरस्कृत भए ।

तेस्रो खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबमाथि जित निकालेको छ । प्रहरीले २५–२०, २५–२०, २५–२१ अंकसहित ३–० को सेटमा जित निकालेको हो । नेपाल पुलिस क्लबका बलराम गुरुङ म्यान अफ द म्याचबाट पुरस्कृत भए । चौथो खेल एपिएफ क्लबले गण्डकी प्रदेशलाई २५–१५, २५–२१, २५–१९ अंकको साथ ३–० सोझो सेटमा पराजित गरेको छ । एपिएफ क्लबका रुपेन्द्र नेपाली म्यान अफ द म्याच हुनबाट पुरस्कृत भए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित