कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

मणिमुकुन्द भलिबल क्लब ९ अौ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता: पहिल‍ो खेलमा नेपाली पुलिस र सुदुर पश्चिम भिड्ने

 

बुटवल । मणिमुकुन्द भलिबल क्लब ९ अौ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाली पुलिस क्लब र सुदुर पश्चिम बिच पहिलो खेल हुने भएको छ।
प्रदेश खेलकुद परिषद लुम्बिनी प्रवर्द्धन तथा मुख्य प्रायोजक, नेपाल भलिबल संघ संयोजन तथा मणिमुकुन्द भलिबल संघको आयोजनामा हुने प्रतियोगिताको बिहिबार भएको टेक्निकल मिटिङमा रेफ्रि कमिस्नर पुर्ण प्रसाद चौलागाईले गोलाप्रथाद्घारा पोल विभाजन गरि टाईसिट प्रकाशित गरेका छन । शुक्रबार दोस्रो खेलमा आयोजक लुम्बिनी प्रदेशले एपिएफसंग प्रतिस्पर्धा गर्ने छ। उनले लिग कम नकआउटका आधारमा खेलाईने प्रतियोगितामा १० टिमलाई दुई वटा पोलहरु राखिएक‍ो बताए। सुर्खेतमा सम्पन्न ३४ अौ राष्ट्रिय भलिबल प्रतियोगिता अनुसार क्रमश विजेता पुलिस विजेता, उपविजेता एपिएफ क्लब, तेस्रो गण्डकी प्रदेश र चौथो भएको नेपाल आर्मी क्लबलाई पोल विभाजन गरिएको उनले बताए।
जसअनुसार प‍ोल ए मा पुलिस, नेपाल आर्मी, मधेस प्रदेश प्रदेश, कोशी प्रदेश, सुदुर पश्चिम प्रदेश तथा पोल बि गण्डकी र एपिएफ, लुम्बिनी, कर्णाली, बाग्मती प्रदेश रहेका छन।
कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले दशक पछि आयोजना हुन लागेको प्रतियोगितालाई सफलतापुर्वक सम्पन्न गर्न सबैको जिम्मेवारी हुने बताए। ससाना त्रुटीलाई समेत केलाएर सफल बनाउनुपर्ने उनले बताए।
कार्यक्रममा नेपाल भलिबल संघ केन्द्रीय सचिव झग बहादुर मिदुन, क्लबका अध्यक्ष ल‍ोक बहादुर भण्डारीले नेपालको राष्ट्रिय खेल घोषणा भएको भलिबललाई सरोकारवाला संघसंस्थाहरु लाग्न जरुरी रहेको बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित