निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

विश्वविद्यालयस्तरीय खेलकुदमा लुम्बिनी बौद्ध विश्वविद्यालय तेस्रो

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा काठमाडौंमा भएको दुई दिने प्रतियोगितामा एक स्वर्णसहित पाँच पदक हात पार्दै बौद्ध विश्वविद्यालय तेस्रो स्थान हासिल गर्न सफल भएको हो ।
देशभरका ११ वटा विश्वविद्यालयका खेलाडी सहभागी रहेको प्रतियोगितामा सय मिटर दौडमा लुम्बिनी बौद्ध विश्वविद्यालयकी अनिसा कुवंर क्षेत्रीले स्वर्ण पदक हासिल गरिन् । अनिसाको स्वर्ण पदक नै बौद्ध विश्वविद्यालयलाई तेस्रो स्थानमा पु¥याउन सफल भयो ।
सय मिटर दौडमै रमिता रावतले रजत पदक हासिल गरिन् । रमिताले छात्रतर्फको लङजम्पमा समेत रजत जित्दै व्यक्तिगत पदक संख्यालाई दोब्बर पारिन । पुरुष ब्याडमिन्टनमा अभिषेक थापाले कास्य पदक हात पार्दा पुरुष लङजम्पमा अभिषेक गुप्ताले पनि कास्य पदकमै चित्त बुझाए ।
पहिलो पटक भएको विश्वविद्यालय स्तरीय प्रतियोगितामा खेलाडीले पदक दिलाएर उत्साह थपेको बौद्ध विश्वविद्यालय टिमका टोली नेता लालबहादुर बस्नेतले बताए ।
खेल प्रशिक्षक महेश गैरेका अनुसार प्रतियोगितामा विश्वविद्यालयका २८ खेलाडी सहभागी रहेका थिए ।
भलिवल, ब्याडमिन्टन, टेबल टेनिस र एथलेटिक्स गरी चार बिद्यामा भएको प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय १८ स्वर्णसहित पहिलो, सुदुर पश्चिम विश्वविद्यालय ३ स्वर्णसहित दोस्रो भएका छन् । त्रिभुवन, सुदुर, लुम्बिनी बौद्ध र नेपाल संस्कृत बाहेक अन्य विश्वविद्यालय स्वर्णबिहिन रहे । प्रतियोगितामा नेपाल संस्कृत विश्वविद्यालय चौथो, काठमाडौं विश्वविद्यालय पाचौं, गण्डकी विश्वविद्यालय छैठौ स्थानमा रहे । पोखरा, कृषि तथा बन, मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालय क्रमशः सातौं, आठौं, नबौं र दशौं स्थानमा रहेका छन् । प्रतियोगितामा २३ स्वर्ण पदकका लागि प्रतिष्पर्धा भएको थियो ।
खेलकुद परिषद्ले हरेक वर्ष विश्वविद्यालयस्तरीय प्रतियोगिता गर्ने जनाएको छ । आगामी संस्करणका प्रतियोगितामा खेल विधाहरु थपिदै लगिने परिषद्ले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित