भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

तिलोत्तमामा हुने नवौं मणिमुकुन्द कप राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी तिब्र

बुटवल । माघ २६ गते देखि फागुन २ गते सम्म रुपन्देहीको तिलोत्तमामा हुन लागेको राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।

तिलोत्तमा २ योगिकुटी स्थित मणिमुकुन्द भलिबल क्लवको खेल मैदानमा हुन लागेको नवौं मणिमुकुन्द राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी तीब्र रुपमा अघि बढेको क्लवका अध्यक्ष लोकेन्द्र भण्डारीले जानाकारी दिए ।

‘माटो फिलिङ गरेर मैदान सम्याउने काम करिब अन्तिम चरणमा पुगेको छ भने प्याराफिट निर्माणको काम पनि करिब ८० प्रतिशत सम्पन्न भएको छ’ उनले भने । अहिले विहान देखि राती अवेर सम्म मैदानमा काम भइरहेको उनले बताए ।

करिब ३ हजार दर्शकले एकसाथ अवलोकन गर्न मिल्नेगरी मैदानको तीनतर्फ प्याराफित निर्माणको काम भइरहेको छ । त्यस बाहेक मञ्च निर्माण, टिकट काउन्टर, गेट निर्माण, शौचालय व्यवस्थापन, पार्किङ स्थलको व्यवस्थापन, लाइटिङ तथा प्रचार प्रशार सामग्रीको व्यवस्थापन लगायतका काम बाँकी रहेको भण्डारीले जानकारी दिए ।

३ विभागीय र ७ प्रदेश गरी १० टिमको सहभागिता रहने प्रतियोगिता राष्ट्रिय भलिबल संघको नियमानुसार सञ्चालन गरिने भएकाले सोही अनुशासर व्यवस्थापनमा लागिएको क्लबका वरिष्ठ उपाध्यक्ष किशन चन्दले जानकारी दिए ।

विगतभन्दा फरक र उत्कृष्ट खेलाडीहरु बीच प्रतिस्पर्धा हुने भएकाले यस पटक दर्शकको चाप पनि बढ्न सक्ने भएकाले सोही अनुसार व्यवस्थापनमा लागिएको उनले बताए ।

प्रतियोगिता अवधिभर मैदानको चारैतर्फ कारपेट बिच्छ्याएर धुलो नउड्नेगरी व्यवस्था गरिने चन्दले जानकारी दिए । प्रतियोगिता अवधिभर आवश्यक सुरक्षा प्रवन्धका लागि पनि क्लबका सदस्यहरुलाई स्वयम्सेवक बनाएर परिचालन तथा सुरक्षा निकायहरुसँग समन्वय गरी प्रवन्ध मिलाइने क्लबका संस्थापक अध्यक्ष तथा सल्लाहकार मिलन रानाले जानकारी दिए ।

यस क्षेत्रकै गौरवको रुपमा रहेको प्रतियोगिता भएकाले सम्पूर्ण व्यवस्थापनको खर्च बढी लाग्ने भएकाले दर्शकलाई प्रवेश शुल्कमा समेत विगतभन्दा वृद्धि हुन सक्ने उनले जानकारी दिए । यस पटकको प्रतियोगितामा प्रवेश शुल्क न्युनतम २ सय रुपैयाँ कायम हुन सक्ने आयोजकले जनाएको छ ।

लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगिताको उपाधिका लागि अन्तिम प्रतिस्पर्धा फागुन २ गते हुने छ । फागुन २ गतेसम्म ६ दिन सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख १ रुपैयाँ, द्वितीयले १ लाख ५० हजार एक रुपैयाँ तथा तृतीय हुने समूहले १ लाख १ रुपैयाँ प्राप्त गर्ने छ । यसैगरी अन्तिम चारमा पुग्ने समूहले समेत ५० हजार १ रुपैयाँ नगद राशी प्राप्त गर्ने प्रतियोगिताका संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए ।

यसैगरी प्रत्येक खेलमा म्यान अफ द म्याचलाई नगद राशीले सम्मान गरिने तथा विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई १० हजार नगद राशीले सम्मान गरिने छ भने उत्कृष्ट सेटर, ब्लकर, सर्भर, डिफेन्स, स्पाईकर, प्रशिक्षक र अनुशासित खेलाडीलाई जनही ५ हजार नगद राशीले सम्मान गरिने संयोजक गुरुङले जानकारी दिए ।

प्रतियोगितामा सहभागी सम्पूर्ण टिमका लागि आवास, यातायात तथा दैनिक भत्ताको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । खेलाडीहरुका लागि खेल अवधिभर १ लाख रुपैयाँसम्मको दुर्घटना स्वास्थ्य बीमाको समेत गरिएको छ ।

१४ वर्षपछि यस क्षेत्रमा राष्ट्रिय स्तरको प्रतियोगिता हुन लागेका कारण दर्शकको चाप विगतभन्दा बढी हुने अपेक्षा गरिएको छ । २०६६ सालदेखि जिल्ला स्तरीयहुँदै प्रदेश स्तरका प्रतियोगिता गर्दै आएको मणिमुकुन्द क्लबले यस पटक भने राष्ट्रिय स्तरको प्रतियोगिता गर्न लागेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित