रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट                
समाचार :

तिलोत्तमामा हुने नवौं मणिमुकुन्द कप राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी तिब्र

बुटवल । माघ २६ गते देखि फागुन २ गते सम्म रुपन्देहीको तिलोत्तमामा हुन लागेको राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।

तिलोत्तमा २ योगिकुटी स्थित मणिमुकुन्द भलिबल क्लवको खेल मैदानमा हुन लागेको नवौं मणिमुकुन्द राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी तीब्र रुपमा अघि बढेको क्लवका अध्यक्ष लोकेन्द्र भण्डारीले जानाकारी दिए ।

‘माटो फिलिङ गरेर मैदान सम्याउने काम करिब अन्तिम चरणमा पुगेको छ भने प्याराफिट निर्माणको काम पनि करिब ८० प्रतिशत सम्पन्न भएको छ’ उनले भने । अहिले विहान देखि राती अवेर सम्म मैदानमा काम भइरहेको उनले बताए ।

करिब ३ हजार दर्शकले एकसाथ अवलोकन गर्न मिल्नेगरी मैदानको तीनतर्फ प्याराफित निर्माणको काम भइरहेको छ । त्यस बाहेक मञ्च निर्माण, टिकट काउन्टर, गेट निर्माण, शौचालय व्यवस्थापन, पार्किङ स्थलको व्यवस्थापन, लाइटिङ तथा प्रचार प्रशार सामग्रीको व्यवस्थापन लगायतका काम बाँकी रहेको भण्डारीले जानकारी दिए ।

३ विभागीय र ७ प्रदेश गरी १० टिमको सहभागिता रहने प्रतियोगिता राष्ट्रिय भलिबल संघको नियमानुसार सञ्चालन गरिने भएकाले सोही अनुशासर व्यवस्थापनमा लागिएको क्लबका वरिष्ठ उपाध्यक्ष किशन चन्दले जानकारी दिए ।

विगतभन्दा फरक र उत्कृष्ट खेलाडीहरु बीच प्रतिस्पर्धा हुने भएकाले यस पटक दर्शकको चाप पनि बढ्न सक्ने भएकाले सोही अनुसार व्यवस्थापनमा लागिएको उनले बताए ।

प्रतियोगिता अवधिभर मैदानको चारैतर्फ कारपेट बिच्छ्याएर धुलो नउड्नेगरी व्यवस्था गरिने चन्दले जानकारी दिए । प्रतियोगिता अवधिभर आवश्यक सुरक्षा प्रवन्धका लागि पनि क्लबका सदस्यहरुलाई स्वयम्सेवक बनाएर परिचालन तथा सुरक्षा निकायहरुसँग समन्वय गरी प्रवन्ध मिलाइने क्लबका संस्थापक अध्यक्ष तथा सल्लाहकार मिलन रानाले जानकारी दिए ।

यस क्षेत्रकै गौरवको रुपमा रहेको प्रतियोगिता भएकाले सम्पूर्ण व्यवस्थापनको खर्च बढी लाग्ने भएकाले दर्शकलाई प्रवेश शुल्कमा समेत विगतभन्दा वृद्धि हुन सक्ने उनले जानकारी दिए । यस पटकको प्रतियोगितामा प्रवेश शुल्क न्युनतम २ सय रुपैयाँ कायम हुन सक्ने आयोजकले जनाएको छ ।

लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगिताको उपाधिका लागि अन्तिम प्रतिस्पर्धा फागुन २ गते हुने छ । फागुन २ गतेसम्म ६ दिन सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख १ रुपैयाँ, द्वितीयले १ लाख ५० हजार एक रुपैयाँ तथा तृतीय हुने समूहले १ लाख १ रुपैयाँ प्राप्त गर्ने छ । यसैगरी अन्तिम चारमा पुग्ने समूहले समेत ५० हजार १ रुपैयाँ नगद राशी प्राप्त गर्ने प्रतियोगिताका संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए ।

यसैगरी प्रत्येक खेलमा म्यान अफ द म्याचलाई नगद राशीले सम्मान गरिने तथा विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई १० हजार नगद राशीले सम्मान गरिने छ भने उत्कृष्ट सेटर, ब्लकर, सर्भर, डिफेन्स, स्पाईकर, प्रशिक्षक र अनुशासित खेलाडीलाई जनही ५ हजार नगद राशीले सम्मान गरिने संयोजक गुरुङले जानकारी दिए ।

प्रतियोगितामा सहभागी सम्पूर्ण टिमका लागि आवास, यातायात तथा दैनिक भत्ताको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । खेलाडीहरुका लागि खेल अवधिभर १ लाख रुपैयाँसम्मको दुर्घटना स्वास्थ्य बीमाको समेत गरिएको छ ।

१४ वर्षपछि यस क्षेत्रमा राष्ट्रिय स्तरको प्रतियोगिता हुन लागेका कारण दर्शकको चाप विगतभन्दा बढी हुने अपेक्षा गरिएको छ । २०६६ सालदेखि जिल्ला स्तरीयहुँदै प्रदेश स्तरका प्रतियोगिता गर्दै आएको मणिमुकुन्द क्लबले यस पटक भने राष्ट्रिय स्तरको प्रतियोगिता गर्न लागेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित