लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

युवा संघ र प्रेस चौतारी बिच मैत्रीपूर्ण फुटसल सम्पन्न

 राष्ट्रिय युवा संघ रुपन्देही जिल्ला कमिटी, प्रचार प्रसार विभागको आयोजनामा शुक्रबार रुपन्देही मैत्रीपूर्ण फुटसल सम्पन्न भएको छ । स्वर्गिय परमानन्द खरेल स्मृतिमा राष्ट्रिय युवा संघ नेपाल रुपन्देही र प्रेस चौतारी नेपाल, रुपन्देहीका बिचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो । तिलोत्तमास्थित मोनालिसा फुटसल एरिनामा भएको निक्कै प्रतिस्प्रर्धात्मक खेलमा युवा संघ ४—३ गोलले विजयी भयो ।

राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटी, प्रचार प्रसार बिभाग प्रमुख दिपेस कंडेलले खेलमार्फत संस्थाहरु बिच भाईचारा र आत्मियता बढाउने गरि कार्यक्रम गरिएको बताए । युवाहरुलाई खेलमार्फत सामाजिक अभियानमा जोड्ने गरि विभिन्न कार्यक्रमहरु गर्न लागेको उनले बताए ।

कार्यक्रममा प्रेस चौतारी नेपाल, लुम्बिनी प्रदेशका विभागिय ईन्चार्ज मोहन चापागाईंले खेलकुद हरेक वर्ग र उमेरका लागि उत्तिकै महत्वपूर्ण हुने भन्दै संघबाट रचनात्मक कार्य भएको बताए । मानिस स्वास्थ्य हुन, मनोरन्जन लिनमात्र नभई युवाहरुलाई आर्थिक आयआर्जन हुने गरि ब्यवसायिक बन्न पछिल्लोसमय खेल प्रमुख आर्कषणको विधा बनेको उनले बताए । नेपाल छोटोसमयमा क्रिकेट खेलबाट विश्वमा चिनिएको जिकिर गर्दै खेलकुदबाट रुपन्देही विश्वमा नै पहिचान बनाउन सफल भएको उनको दाबी छ ।

कार्यक्रममा प्रेस चौतारी नेपाल, लुम्बिनी प्रदेशका विभागिय ईन्चार्ज मोहन चापागाईं, राष्ट्रिय युवा संघ नेपाल स्थायी कमिटी सदस्य एवं रुपन्देही जिल्ला कमिटी ईन्चार्ज बुद्धिराज थापा, नेकपा एमाले रुपन्देही जिल्ला कमिटी सदस्य एवं युवा ईन्चार्ज नकुल शाही, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय लेखा आयोग सदस्य ईश्वर न्यौपाने, राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटी अध्यक्ष बिकासजंग बस्नेत, उपाध्यक्ष दिपक खड्गी, प्रेस युनियन नेपाल रुपन्देहीका सभापति कबिन्द्र नेपाल, बिभाग सचिब स्वस्तिक श्रेष्ठले प्रेस चौतारी रुपन्देही अध्यक्ष लक्ष्मण पौडेल, प्रेस चौतारीको सल्लाहकार दिनेश पाण्डेलाई बोका उपहार प्रदान गरेका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित