निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

प्रधानमन्त्री कपः आर्मीको ४ विकेटको जित

भैरहवा । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबमाथि ४ विकेटको जित निकालेको छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा मंगलबार एपीएफलाई हराउँदै आर्मीले प्रतियोगितामा तेस्रो जित निकालेको छ । आर्मीले जितका लागि एपीएफले दिएको १ सय २२ रनको लक्ष्य २४औं ओभरमा ६ विकेटको नोक्सानीका पूरा गर्यो ।

यससँगै आर्मीले ५ खेलमा ३ जित र २ हारका साथ ६ अंक जोडेको छ । एपीएफले भने ५ खेलमा २ जित र ३ हार ब्यहोर्दै सातौं स्थानमा छ । आर्मीका लागि कप्तान विनोद भण्डारीले नटआउट ३४ रन जोड्दै टिमलाई जित दिलाए । उनले ४० बलमा ४ चौका र १ छक्का प्रहार गरे । कुशल मल्लले १९ र बसिर अहमदले १८ रन जोड्ने क्रममा समान २–२ चौका र १–१ छक्का प्रहार गरे । बलिङमा एपीएफका रमेश कुर्मीले २ विकेट लिँदा मौसम ढकाल र कप्तान रोहितकुमार पौडेलले समान १–१ विकेट लिन सफल भए ।

यसअघि कप्तान रोहितकुमार पौडेलले संघर्षपूर्ण अर्धशतकको मद्दतमा नेपाल एपीएफ क्लबले १ सय २१ रनको सामान्य योगफल बनाएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ३२ ओभर ४ बलमा अलआउट भएको थियो । खराब मौसमका कारण ३६ ओभरमा झारिएको खेलमा एपीएफले सुरुवाती दुवै ओभरको पहिलो बलमा क्रमशः ओपनर प्रज्वल शाही र पुरन विक (३) लाई गुमाउँदा टिम संकटमा परेको थियो । दोस्रो ओभरमा ब्याटिङका लागि आएका कप्तान रोहित ३३औं ओभरमा नवौं विकेटको रुपमा पेभेलियन फर्किए । उनले १ सय ३ बलको सामना गर्दै ५९ रन जोडे । स्पिनर बसिर अहमदको बलमा ठूलो सट खेल्ने क्रममा क्याच आउट हुनुअघि उनले २ चौका र २ छक्का प्रहार गरेका थिए ।

एकतर्फ लगातार विकेट झर्दा रोहितले अर्कातर्फबाट सम्हालिएर विकेट जोगाएर रन बटुलेका थिए । एपीएफका लागि भुवन कार्कीले १६ र सुमित महर्जनले १४ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । आर्मीका लागि प्लेयर अफ द म्याच समेत भएका सोमपाल कामीले ३ विकेट लिँदा अभिनाश कर्णले २ तथा विवेक यादव, साहब आलम र बसिर अहमदले समान १–१ विकेटको सफलता प्राप्त गरे ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित