रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

राष्ट्रसेवकको रक्तदानमा २८ युनिट रगत संकलन

बुटवल । राष्ट्रसेवक बहुउश्यीय सहकारी संस्थाले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ ।

आइतवार रक्तसंचार सेवा केन्द्र बुटवलमा भएको रक्तदान कार्यक्रममा २८ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक नरमाया श्रीसले जनाकारी दिए।

रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सचिवालय सदस्य दीपक शर्मा पौडेलले सहकारीले सामाजिक सेवाभावले स्थापना दिवसमा रक्तदान जस्तो महत्वपूर्ण कार्यक्रम गरेको भन्दै अन्य संघ संस्थाहरूले पनि अनुसरण गर्नुपर्ने बताए ।

उनले कर्मचारीहरू कार्यक्षेत्रको सेवासँगै अन्य समाजिक क्षेत्रमा समेत सकृय हुने गरेको यस प्रकारका कार्यक्रमले पुष्टी गर्ने बताए । सहकारीका अध्यक्ष शालिकराम पाण्डेयले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पर्दै सहकारीले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखी काम गर्दै आएको बताए । उनले यस क्षेत्रमा रगतको अभाव नहोस भनेर स्थापना दिवसको अवसरमा रक्तदाना गरेको समेत बताए ।

राष्ट्रसेवक बहुउश्यीय सहकारी संस्थाका सचिव राम प्रसाद शर्माको संचालन, रक्तदान कार्यक्रम उपसमिति सदस्य थानेश्वर बस्यालको स्वागतमा भएको रक्तदानमा सहकारी सदस्यहरू, राष्ट्रसेवक कर्मचारी तथा रक्तदाताहरूको सहभागी रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार