रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

‘कृषि क्षेत्रमा समस्यै–समस्या’

  • मेला महोत्सवले कृषि क्षेत्रलाई प्राथमिकता दिएको दावी
  • भैरहवा। कृषि क्षेत्रमा समस्यै–समस्या रहेको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)ले सिद्धार्थनगर–८ स्थित अञ्चलपुर (छैठौं लुम्बिनी प्रादेशिक महोत्सवस्थल) मा आयोजना गरेको कृषिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले नेपाल कृषिप्रधान देश भए पनि कृषि क्षेत्रमा समस्यै–समस्या रहेको बताए । उनीहरुले कृषि क्षेत्रको विकासका लागि राज्यले ध्यान दिन नसकेको बताए ।

    कार्यक्रममा बोल्दै उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक दर्पण श्रेष्ठले मेला महोत्सवले कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताए । उनले कृषिप्रधान मुलुक नेपालमा कृषि क्षेत्रको विकासका लागि राम्रो नीति बनाएर लागू गर्न सके देशको अर्थतन्त्र बलियो हुनुको साथै आत्मनिर्भर बन्न सकिने बताए । उनले भने, ‘युवा विदेश पलायन हुँदा त्यसले कृषि क्षेत्रमा ठूलो असर पुगेको छ । ’ उनले कृषिलाई प्रवद्र्धन गर्न महोत्सवले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । केही बिचौलियाका कारण वास्तविक किसान मर्कामा परेको उनको भनाइ छ । उनले सिंचाईको समेत अभाव रहेको बताए ।

    संगठनका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले राज्यले कृषकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।

    संगठनका कार्यसमिति सदस्य, महोत्सवका कृषि स्टल व्यवस्थापन उपसमिति संयोजक तथा अन्तरक्रिया कार्यक्रमका संयोजक शम्भु प्रसाद यादवले नेपाली किसानको उत्पादनलाई कसरी बजारीकरण गर्ने र उपभोक्तासम्म कसरी पुर्याउने र प्रचारप्रसार तथा जानकारी गराउने उद्देश्यले मेलामा कृषिसम्बन्धी स्टल राखिएको बताए । उनले महोत्सवमा सहुलियत दरमा कृषिका स्टल राखिएको बताए ।

    मौरीपालक कृषक धु्रवराज ज्ञवालीले बढी कृषि उत्पादन गर्दा लागत कम हुने बताए । उनले व्यक्ति मात्र नभएर समाज र राष्ट्र लाभान्वित हुनुपर्नेमा जोड दिए । ज्ञवालीले किसानले उत्पादन गरेका वस्तु खेर जाने अवस्थामा राज्यले व्यवस्थापन गर्नुपर्ने बताए । उनले भने, ‘आफ्नै देशमा उत्पादन भएका वस्तुको प्रयोग गर्नुपर्छ । ’

    कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसका क्याम्पस प्रमुख डा. रामभजन मण्डलले माछाका भुराका कहाँ छोड्दा उपयुक्त हुन्छ भन्ने कुरामा ध्यान दिन आग्रह गरे । उनले कृषिसम्बन्धी कार्यक्रम सञ्चालन गर्दा पक्लिहवा कृषि क्याम्पसलाई प्राथमिकता दिन आग्रह गरे ।

    सिद्धार्थनगर नगरपालिकाका कृषि शाखा प्रमुख योगेन्द्र यादवले कतिपय किसानलाई कुन कार्यालयबाट के सेवा पाइन्छ भन्नेसम्म जानकारी हुन नसकेको बताए । उनले सीमित जनशक्तिले काम गरिरहनुपरेको बताए ।

    मुस्ताङ महिला उद्यमी संघकी अध्यक्ष सुकुन रसाइलीले सरकारी निकायका कार्यक्रममा महिलाको उपस्थिति न्यून हुने गरेको गुनासो गरिन् । उनले खेतबारीमा महिलाले धेरै समय बिताउने भए पनि तालिम लगायत कार्यक्रममा महिलाको सहभागीता न्यून रहेको बताइन् । उनले भनिन्, ‘अनुगमनको पाटो कमजोर छ । अनुदान वास्तविक किसानको हातमा पुग्न सकेको छैन ।’

    उद्योगी सन्दिप अग्रवालले पहिला नेपालले निर्यात गर्ने वस्तुहरु अहिले आयात गर्नुपरेको बताए । उनले देशमा उत्पादन कसरी बढाउन सकिन्छ भन्नेतर्फ लाग्नुपर्ने बताए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीकी कृषि संयोजक यमकला न्यौपानेले कृषिलाई वर्गीकरण गर्नुपर्नेमा जोड दिइन् ।

    विद्यार्थी राजीव ढकालले कृषिसम्बन्धी कार्यक्रम गर्न विभिन्न क्षेत्रमा जाँदा बजेटको अभाव छ भन्ने कुरा आउने गरेको बताए ।

    व्यवसायी फैज अहमद खानले कृषि सम्बन्धि कार्यमा बढी प्रयोग गरिने ट्याक्टरको आयातमा पनि भ्याट तिर्नुपर्दा किसान मर्कामा परेको बताए । उनले बाहिरबाट आउने सामान भन्दा स्वदेशी उत्पादन किन महंगो भयो भन्ने कुराको समीक्षा आवश्यक रहेको बताए । उनले भने, ‘सिंचाईको सुविधा छैन । कृषकले समयमा मल पाउँदैनन् । जबसम्म नेपालमा उत्पादित वस्तु सस्तो हुन सक्दैन, तबसम्म आयात घट्दैन ।’

    उद्योग व्यापार संगठन, रुपन्देहीका कार्यसमिति सदस्य शिवम जैसवालले विभिन्न निकायबीच समन्वयको अभाव रहेको बताए । उनले नेपाली किसान मर्कामा परेको बताए ।

    प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ भैरहवाका प्रमुख नारायण काफ्लेले उद्योगी व्यवसायीले कृषिसँग जोडिएका युवाहरुलाई गोलबन्द गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘राज्यले केही नगरेको भन्ने कुरा होइन । कृषि क्षेत्रमा काम गरेको छ । ’ कृषिको प्रवद्र्धन गर्ने थलो महोत्सव भएको उनको भनाइ छ । उनले खुल्ला सीमाका कारण अनौपचारिक ढंगले आउने वस्तुका कारण बजारीकरणमा समस्या भएको बताए । राज्यले अनुदान दिएर मात्रै कृषि क्षेत्र अगाडि बढ्न नसक्ने उनको भनाइ छ ।

    उद्योग व्यापार संगठन, रुपन्देहीकी महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार