हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video) संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन                
समाचार :

बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी

एनआरएनका पुर्व अध्यन भवन भट्ट्को बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी गरेको छ ।

वैदेशिक रोजगारमा जाने नेपालीको हरुको लागि मलेशिया मुख्य गन्तब्य हो । त्यसैले बीबी एअरवेजले काठमाडौ साथै भैरहवाबाट पनि उडान सुरु गर्ने तयारी गरेको हो ।

एक बर्ष अघि भैरहवा मलेसिया रुटमा हिमालयन एअरलाइन्सले चार्टर्ड उडान गरे पनि केही समय पछि बन्द गरेको थियो । अहिले रास्ट्रीय ध्वजा वाहक नेपाल एअरलाइन्सले साप्ताहिक रुपमा प्रत्येक मंगलवार मलेसिया भैरहवा उडान गर्दै आएको छ । एयरवेजले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्राप्त गरे लगत्तै थप तयारी अघि बढछ।

अन्तर्राष्ट्रिय उडानका लागि बीबी एयरवेजलाई छिटै नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) दिने तयारी छ । एनओसी उडान सञ्चालनको अनुमति हो र नागरिक उड्ययन प्राधिकरणले प्रदान गर्दछ । छिटै काम सम्पन्न भए अबको २ हप्तामा एनओसी बीबी एअरवेजले प्राप्त गर्नेछ । एनओसी प्राप्त गरे लगत्तै कम्पनीले जहाज ल्याएर प्रदर्शनी उडान गर्नु पर्छ ।

बीबी एयरवेजले प्राधिकरणमा दुई वटा एयरबस ३२० न्यारोबडी जहाज ल्याएर व्यावसायिक उडान गर्ने योजना पेश गरेको छ । एनओसी प्राप्त भएमा जनवरी भित्रै उडान सुरु गर्ने योजना बीबीको छ ।

बीबीले काठमाडौंका साथै भैरहवाबाट पनि व्यावसायिक उडान गर्ने भए पछि एयरवेजले केही कर्मचारी भर्ना गरिसकेको छ ।

कम्पनीले सुरेशमान सिंह सीईओ, केबी थापा क्यामो डाइरेक्टर र वरिष्ठ क्याप्टेन ओबी गुरुङ अपरेसन डाइरेक्टर नियुक्त गरि सकेको छ । यस्तै देशभित्र चेक पाइलटको अभाव रहेकाले कम्पनीले श्रीलंकाका एक वरिस्ठ क्याप्टेन पनि ल्याउने भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित