लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

तस्वीरमा हेर्नुहोस्– छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० को तयारी

चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा यही मंसिर ६ देखि मंसिर १८ गतेसम्म भैरहवामा हुने छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) को तयारी तीव्र पारिएको छ । ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बचाऔं’ भन्ने नाराका साथ सिद्धार्थनगर–८ स्थित अञ्चलपुरमा महोत्सव हुँदैछ ।

हालसम्म ७५ प्रतिशत काम सम्पन्न भइसकेको मेला मूल आयोजक समितिका संयोजक तथा उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठले भने, ‘चाडपर्व÷विदाको दिन पनि हामी दिनरात खटिएका छौं, महोत्सवलाई सफल बनाउन लागिपरेको छौं ।’ मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने उनले बताए । उद्घाटन भएर पनि हालसम्म नियमित सञ्चालनमा आउन नसकेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनका लागि दबाब दिन मेलाको प्रवेशद्वार हवाइजहाजको आकृतिमा निर्माण भइरहेको उनले जानकारी दिए । ‘विमानस्थल झल्किने गरी प्रवेशद्वार निर्माण हुँदैछ, ’उनले भने । महोत्सवमा कुस्ती, भलिबललगायतका खेलकुद प्रतियोगिता सञ्चालन गरिने उनको भनाइ छ ।

महोत्सव अवलोकन गर्न आउने दर्शकहरुलाई प्रवेश शुल्क वापत ८० रुपैयाँ, विद्यार्थीलाई ५० रुपैयाँ र समूहमा आउने विद्यार्थीलाई ३० रुपैयाँ तोकिएको अध्यक्ष श्रेष्ठले जनाए ।

शनिबार र सार्वजनिक विदाको दिनबाहेक अन्य दिनहरुमा बिहान ९ बजेदेखि ११ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था रहेको उनको भनाइ छ । त्यस्तै परिचयपत्रको आधारमा ज्येष्ठ नागरिक तथा शारीरिक अशक्तहरुका लागि महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था रहेको बताए । महोत्सवको करिब ५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको उनले बताए ।

उद्योग व्यापार संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष तथा मेला मूल आयोजक समितिका सह–संयोजक अनिल कुमार ज्ञवालीले उद्योग, व्यापार, कृषि र पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए । उनले भने, ‘महोत्सवमा सुपथ मूल्यमा गुणस्तरीय सामान पाइन्छ । ’उनले महोत्सवको अवलोकन गर्न आग्रह गरे ।

संगठनका पूर्वअध्यक्ष तथा मेला मूल आयोजक समितिका सह–संयोजक नारायण प्रसाद भण्डारीले महोत्सवमा दर्शकहरुलाई स्वागत गर्न तयार रहेको बताए ।

महोत्सवका स्टल निर्माण व्यवस्थापन उपसमिति संयोजक सिकन्दर अली धुनियाले स्टल निर्माण कार्य तीव्र गतिमा अघि बढेको बताए ।

सिद्धार्थनगर नगरपालिकाको सह–आयोजनामा हुने महोत्सवको संरक्षकमा नेपाल चेम्बर अफ कमर्श काठमाडौं र चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित