बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

१ करोड बढीको फूल बरामदः प्रहरीमा पुग्यो ‘बैध’ गराउने बिल

भन्सार छलि गरेर १ करोड मुल्य बराबरको फूल र माला ल्याएको आशंकामा बरामद गरिएको फूल र माला ‘बैध’ बनाइएको छ ।

रूपन्देहीको मायादेवी गाउँपालिका–८ बसडिलवास्थित सिद्धार्थ कोल्ड स्टोरबाट बरामद भएको करोड बराबरको फूल र माला नेपालमै उत्पादन भएको दाबी गर्दै कोल्ड स्टोर सञ्चालकले प्रहरीलाई बिल बुझाएका छन् ।

लक्ष्मीदास मानन्धरले सञ्चालन गरेको कोल्ड स्टोरमा भण्डारण गरी राखिएको अवस्थामा भेटिएको करोड बराबरको फूल(माला पौडेल फ्लावरको २ हजार थान सयपत्री फूलका माला, बाटाखर्क एग्रो फार्मको ५९८ थान, कुलैही कट फ्लावरको १३ हजार ५ सय थान, केशवकुमार शाहको ५ हजार थान, आरजेको ८ हजार थान, आरकेको ८ हजार थान तथा हरि ओमको १५ बोरा सयपत्रीको माला राखेको बिल पेस गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डिएसपी मनोहर भट्टले जानाकारी दिए ।

त्यस्तै सैनीको २ सय थान तथा नवदुर्गा ड्रिम क्रियसनको ४० बोरा सयपत्री, २७ बण्डल गुलाब, ४ वण्डल कार्नेसन र १७ बण्डल डेजीको बिल पेश गरेका छन्।

मानन्धरले गुल्मी, पाल्पा र नवलपरासीलगायत जिल्लाका ९ पुष्प व्यवसायीहरूको बिल पेस गरेको उनको भनाई छ ।

बिलको सत्यतथ्य पत्ता लगाउन र थप अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय भैरहवा पठाईएको डिएसपी भट्टले जानकारी दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार