कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

सृजनशिल युबा क्लवको आयोजनमा वडा स्तरीय भलिबल कार्यक्रम सम्पन्न

बुटवल । सृजनशिल युबा क्लब अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ९ को आयोजना भएको वडा स्तरिय भलिवलमा साविक वडा नं. ३ ‘ए’ प्रथम भएको छ ।
क्लबका पुर्व कोषाध्यक्ष स्र्वर्गीय उत्तम केसि को सम्झनामा भएको वडा स्तरिय भलिवल प्रतियोगितामा साविकको वडा नं. ३ ‘ए’ प्रथम भएको हो । त्यस्तै साविकको वडा नं. ३ सक्रेटी द्धितिय तथा साविकको वडा नं. १ ले तृतिय स्थान हासिल गरेको कार्यक्रम संयोजक तुल्सी आचार्यले जनाकारी दिए ।
प्रथम, द्धितिय र तृतिय हुने टिमले क्रमश १० हजार, ५ हजार र ३ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरे । विजयी टिमलाई सन्धिखर्क नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष पदम बहादुर भुसाल, क्लवका अध्यक्ष विजय कार्कीले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।


प्रतियोगितामा १५ टिमको सहभागिता रहेको थियो । पुरस्कार वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रहेका वडा नं. ९ का वडा अध्यक्ष पदम बहादुर भुसालले खेलकुदको विकास आजको आवश्यकता रहेको भन्दै वडा स्तरबाट पनि खेल र खेलाडिको मनाबेल उच्च राख्ने काम गरिरहेको बताए ।
कार्यक्रममा क्लबका सस्थापक अध्यक्ष प्रकाश आचार्य र सस्थापक सचिब वसन्त केसी लगाएतले बोलेका थिए । कार्यक्रम क्लबका सचिब इश्वरि केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित