बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

थप सुधार गर्दै तेस्रो बन्न सफल भयो लुम्बिनी प्रादेशिक अस्पताल

 

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले कार्यसम्पादानमा लुम्बिनी प्रदेशमै तेस्रो स्थान हासिल गर्न सफल भएको छ । अस्पतालले थप सुधार गर्दै गतवर्षभन्दा एक स्थानमाथि उक्लिन सफल भएको हो । प्रदेशका १३ वटा अस्पतालहरु मध्ये लुम्बिनी प्रादेशिकले ७० दशमलव ३६ अंकसहित तेस्रो स्थान हासिल गर्न सफल भएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिए ।

गत वर्ष यो अस्पताल लुम्बिनी प्रदेशमा चौथो हुन सफल भएको थियो । अस्पतालमा ३ दिनदेखि जारी कार्यशालाको समापन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डाक्टर जनार्दन पन्थीले अस्पताललाई प्रदेशमै तेस्रो स्थान हासिल गर्न सफल भएकोमा प्रमाणपत्रसहित सम्मान व्यक्त गरे । विवाद नआउने गरि पारदर्शी तरिकाले प्रशासन चलाउन र उपचार सेवा थप प्रभावकारी बनाउन निर्देशन दिँदै उनले थप प्रगतिको कामना गरे । यसैगरी लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद प्रसाद गिरीले अस्पतालाई थप सेवाग्राही समर्पित गराउन आग्रह गरे ।

अस्पतालले पछिल्लो आर्थिक वर्ष ३ लाख २ हजार ६९६ सेवाग्राहीलाई बहिरंग स्वास्थ्य उपचार उपलब्ध गराइएको छ । यो संख्या अघिल्लो आर्थिक वर्षभको भन्दा १५ हजार ७०२ ले बढी हो । अस्पतालमा अघिल्लो आर्थिक वर्ष (२०७८/७९) मा २ लाख ८६ हजार ९९४ जनाले सेवा लिएका थिए । यसैगरी आर्थिक वर्ष २०७७/७८ मा १ लाख २२ हजार ८६४ जनाले सेवा लिएका थिए ।

आकस्मिक कक्षतर्फ पनि सेवा लिनेको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो वर्ष अस्पतालमा ६७ हजार ५६१ जनाले आकस्मिक सेवा लिएका थिए भने त्यस अघिको वर्ष २०७८/७९ मा ५५ हजार ६२१ जनाले सेवा लिएका थिए । यसैगरी आर्थिक वर्ष २०७७/७८ मा ४४ हजार ८१३ जनाले आकस्मिक कक्षमा सेवा लिएको मेडिकल सुपेरिटेन्डेन थापाले जानकारी दिए ।

यसैगरी अस्पतालले सेवा विस्तारसँगै गत महिनादेखि बालबालिका तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टर सञ्चालनमा ल्याएको छ । विस्तारित स्वास्थ्य सेवामा न्यूरो एच.डी.यु (नयाँ भवनमा), एनआइसियु (बेड विस्तार), एसएनसियु सेवा थप गरेको छ । अस्पतालले यसअघिनै ल्याब रिपोर्ट एस.एम.एस सेवा पनि थप गरि सञ्चालन गर्दै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार