रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

नेत्रहिन युवा संघ रुपन्देही द्वारा पालिकामा ध्यानाकर्षण

बुटवल ।
नेत्रहिन युवा संघ रुपन्देहीले रुपन्देहीका विभिन्न पालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । सर्वसाधरणका निम्ति खुला गरिएका सम्पुर्ण स्थलहरूमा बिना कुनै बिभेद , पुर्ण र प्रभावकारी ढङ्गले अपाङ्गता भएका व्यक्तिको सहभागीताको हकलाई अक्षुर्ण राख्न सम्बन्धित पक्षसंग संस्था अनुरोध गर्र्दै उपयुक्त अनुकुलताको अस्विकारलाई समेत अपाङ्गता भएका व्यक्तिमाथी गरिने बिभेदको रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनले उल्लेख गरेको सन्दर्भ समेत संस्था सम्बन्धित निकायहरूलाई स्मरण गराउन गराउने लगायतकाय माग सहित ध्यानाकर्षण पत्र बुझाएको हो ।


नेत्रहिन युवा संघ रुपन्देहीका अध्यक्ष जीवन पोखरेलको संयोजकत्वमा विभिन्न पालिकामा गएर ध्यार्नाषण पत्र बुझाइएको हो । ःरुपन्देहीका नगरपालिका तथा गाउपालिका बुटवल उपमहनागरपालिका, तिलोत्तमा नगरपालिका, लुम्बिनी सास्कृतिक नगरपालिका, देवदह नगरपालिका, सिद्धार्थनगर नगरपालिका सहित शुद्धोधन, रोहिणी, ओमशतिया, गैडहवा,सियारी ,मायादेवी गाउँपालिकामा ध्याकर्षण पत्र बुझाइएको हो ।
जसमा नेत्रहिन युवा संघ रुपन्देहीका अध्यक्ष ःजीवन पोख्रेल, सह–सचिव ः समिक्षा ज्ञवालीसन्तोष न्यौपाने, टिकाराम घिमिरे, राम प्रसाद पौडेल सहित कर्मचारी लक्ष्मी पाण्डे र सहयोगी सुरिना कुँवरको समुहले पालिका प्रमुख, उप प्रमुख तथा प्रमुख प्रसासकीय अधिकृत लाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।
। सङ्घीय संसद्मा पेश भएको विध्यालय शिक्षा विधेयकमा उल्लेखित विभिन्न प्रावधानहरूमा आवश्यक सुधार तथा परिमार्जन गर्दै विधेयकलाई अपाङ्गता भएका व्यक्तिमैत्री बनाउनको लागी अपाङ्गताको क्षेत्रमा कार्यरत् सङ्घसंस्थाहरूसँगको आपसी सहकार्य, कार्यगत एकता र समन्वयमा पैरवी तथा वकालतको कार्यलाई तिव्रताका साथ अगाडी बढाउन प्रतिवद्धता सहित नेपाल सरकारले आत्मसाथ गरेको समावेशी शिक्षाको मर्म र मान्यतालाई अङ्गिकार गर्दै पहुँचयुक्त र समावेशी शैक्षिक प्रणाली विकास र प्रवर्धनको लागी प्रारम्भिक पहिचान, सहयोग प्रणाली, मुल्याङ्कण प्रणाली, समावेशी सिकाई वातावरण र पहुँचयुक्त शिक्षण सिकाई सामाग्री विकास, प्रवर्धनको लागी तिनै तहका सरकार तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग आवश्यक सहकार्य, समन्वय र पैरवी र वकालतको कार्यलाई अगाडी बढाउन आवश्यक पहलकदमी चाल्न संस्था कटिबद्द रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
यस्तै विद्यालय तथा उच्च शिक्षामा दृष्टीसम्बन्धी अपाङ्गता भएका बालबालिका एवं विद्यार्थीहरूलगायत सबै किसिमका अपाङ्गता भएका विद्यार्थीहरूको पहुँचको लागी छात्रवृत्ती एवं पहुँचयुक्त शैक्षिक सामाग्रीको सुनिश्चितता, पहुँचयुक्त र समावेशी सिकाई वातावरण, पहुँचयुक्त सुचना, सञ्चार तथा शैक्षिक सामाग्री विकास र प्रवर्धनको लागी सम्बन्धित सरोकारवाला निकायहरूसँग गंभीर छलफलमार्फत निर्णायक निश्कर्ष मा पुग्न वाञ्छनीय वकालत तथा पैरवी गर्न संस्था अग्रसर रहेको अपाङ्गता भएका विद्यार्थीको उच्चतम शैक्षिक उपलब्धी हासिल गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन आवश्यक संरचनागत एवं नीतिगत ब्यवस्थाका लागी सरोकारवाला निकायसंग निरन्तर संवाद, वकालत तथा पैरवी गर्नुलाई संस्थाले आफ्नो अपरिहार्य कार्यभार ठान्न गरेको कुरा उल्लेख छ ।
दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको छापा अक्षरमा अन्य व्यक्तिसरह पहुँच स्थापित गर्नका निम्ति संसदबाट तत्काल म्याराकस सन्धी अनुमोदन गर्न सम्बन्धित जनप्रतिनिधिलगायत सरोकारवाला संग संस्था जोडदार माग समेत गरिएको छ ।
श्रव्य दृश्य एवं डिजिटल माध्यमबाट उपयुक्त अनुकुलताको सिद्दान्तलाई आत्मसात गरी, थप अतिरिक्त बोझ बिना प्रचलीत परम्परागत किसिमको बौद्दिक सम्पती एवं प्रतिलिपी अधिकार सम्बन्धी कानुनी ब्यवस्थालाई सिमित अपवादहरू मार्फत दृष्टी सम्बन्धी अपाङ्गता भएका व्यक्तिको अध्ययनको हक सुनिश्चित गर्ने सन्दर्भमा तय भएको उक्त सन्धी तत्काल अनुमोदनको अपरिहार्यताबारे संस्थाले सबैको गंभीर ध्यानाकर्षण गराउन राएको हो ।
अपाङ्गता भएका व्यक्तीहरूको आधारभूत स्वास्थ्य सेवा लगायत यौन तथा प्रजनन् स्वास्थ्य सेवा, शारीरिक, मानसिक र संवेगात्मक स्वस्थताको स्थिति सिर्जना गर्न आवश्यक पहुँचयुक्त सुचना तथा जानकारीको प्रत्याभुत हुने प्रणाली बिकास गर्न तथा अपाङ्गता भएका व्यक्तीहरूको स्वास्थ्यको अधिकार सुनिश्चितता का निम्ति पहुँचयुक्त स्वास्थ्य पूर्वाधार विकास र प्रवर्धन, समावेशी स्वास्थ्य सेवाको प्रवर्धन, पहुँचयुक्त औषधी र स्वास्थ्य उपकरणको विकास र प्रवर्धनलगायतका पक्षहरूमा सरकारी तथा गैरसरकारी निकायहरूसँग सहकार्य गर्न संस्था सम्बन्धित पक्षसंग आह्वान समेत गरिएको छ ।
राजनीतिक सहभागिताबिना अधिकार प्राप्ती र कानुनको कढाइका साथ कार्यान्वयन गराउन सकिदैन भन्ने अवधारणालाई आत्मसात गर्दै पहुँचयुक्त निर्वाचन प्रणालीमार्फत राजनैतिक प्रकृतिका हरेक चुनावमा चुन्ने, चुनिने, र निति तथा योजना निर्माण, कार्यन्वेयन एवं मुल्याङ्कन प्रक्रियामा हस्तक्षपकारी भुमिका निर्वाहसहित अपाङ्गता भएका व्यक्तीहरूको राजनीतिक सहभागिता सुनिश्चितता र अपाङ्गता समावेशी लोकतान्त्रिक अभ्यास प्रवर्धनको लागी क्षमता विकास, सचेतना प्रवर्धन, र सम्बन्धित निकायहरूमा पैरवी तथा वकालतका कार्यहरू स्थानीय तहदेखि नै तिव्रताको साथ अगाडी बढाउन संस्था अठोट व्यक्त गरेको छ ।
अन्तराष्ट्रीयस्तरमा बिकास आविष्कार र प्रवर्धन भइरहेका विभिन्न किसिमका नविनतम पहुँचयुक्त प्रविधीहरूलाई सरल र सुलभ किसिमले नेपालका दृष्टीसम्बन्दी अपाङ्गता भएका युवाहरुले पहुँच हासिल गर्न सक्ने गरी प्रवर्धन गर्नका लागी सम्बन्धित सरोकारवाला निकायहरूसँग आपसी सहकार्य, समन्वय र साझेदारी गरी आवश्यक कामकारवाहि अगाडी बढाउन संस्था सरोकारवालाहरूसंग आह्वान सहितका १५ वटा बुँदा समावेश गरिएको छ ।

माग तथा मुद्धाहरु

१‍। सङ्घीय संसद्मा पेश भएको विध्यालय शिक्षा विधेयकमा उल्लेखित विभिन्न प्रावधानहरूमा आवश्यक सुधार तथा परिमार्जन गर्दै विधेयकलाई अपाङ्गता भएका व्यक्तिमैत्री बनाउनको लागी अपाङ्गताको क्षेत्रमा कार्यरत् सङ्घसंस्थाहरूसँगको आपसी सहकार्य, कार्यगत एकता र समन्वयमा पैरवी तथा वकालतको कार्यलाई तिव्रताका साथ अगाडी बढाउन यो संस्था पुर्ण प्रतीबद्द छ।

२। नेपाल सरकारले आत्मसाथ गरेको समावेशी शिक्षाको मर्म र मान्यतालाई अङ्गिकार गर्दै पहुँचयुक्त र समावेशी शैक्षिक प्रणाली विकास र प्रवर्धनको लागी प्रारम्भिक पहिचान, सहयोग प्रणाली, मुल्याङ्कण प्रणाली, समावेशी सिकाई वातावरण र पहुँचयुक्त शिक्षण सिकाई सामाग्री विकास, प्रवर्धनको लागी तिनै तहका सरकार तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग आवश्यक सहकार्य, समन्वय र पैरवी र वकालतको कार्यलाई अगाडी बढाउन आवश्यक पहलकदमी चाल्न संस्था कटिबद्द छ।

३। विद्यालय तथा उच्च शिक्षामा दृष्टीसम्बन्धी अपाङ्गता भएका बालबालिका एवं विद्यार्थीहरूलगायत सबै किसिमका अपाङ्गता भएका विद्यार्थीहरूको पहुँचको लागी छात्रवृत्ती एवं पहुँचयुक्त शैक्षिक सामाग्रीको सुनिश्चितता, पहुँचयुक्त र समावेशी सिकाई वातावरण, पहुँचयुक्त सुचना, सञ्चार तथा शैक्षिक सामाग्री विकास र प्रवर्धनको लागी सम्बन्धित सरोकारवाला निकायहरूसँग गंभीर छलफलमार्फत निर्णायक निश्कर्ष मा पुग्न वाञ्छनीय वकालत तथा पैरवी गर्न संस्था अग्रसर छ।

४। अपाङ्गता भएका विद्यार्थीको उच्चतम शैक्षिक उपलब्धी हासिल गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन आवश्यक संरचनागत एवं नीतिगत ब्यवस्थाका लागी सरोकारवाला निकायसंग निरन्तर संवाद, वकालत तथा पैरवी गर्नुलाई संस्थाले आफ्नो अपरिहार्य कार्यभार ठान्दछ।

५। दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको छापा अक्षरमा अन्य व्यक्तिसरह पहुँच स्थापित गर्नका निम्ति संसदबाट तत्काल म्याराकस सन्धी ःबचचबपभकज त्चभबतथ अनुमोदन गर्न सम्बन्धित जनप्रतिनिधिलगायत सरोकारवाला संग संस्था जोडदार माग गर्दछ। साथै श्रव्य दृश्य एवं डिजिटल माध्यमबाट उपयुक्त अनुकुलताको सिद्दान्तलाई आत्मसात गरी, थप अतिरिक्त बोझ बिना प्रचलीत परम्परागत किसिमको बौद्दिक सम्पती एवं प्रतिलिपी अधिकार सम्बन्धी कानुनी ब्यवस्थालाई सिमित अपवादहरू मार्फत दृष्टी सम्बन्धी अपाङ्गता भएका व्यक्तिको अध्ययनको हक सुनिश्चित गर्ने सन्दर्भमा तय भएको उक्त सन्धी तत्काल अनुमोदनको अपरिहार्यताबारे संस्थाले सबैको गंभीर ध्यानाकर्षण गराउन चहान्छ।

६। सर्वसाधरणका निम्ति खुला गरिएका सम्पुर्ण स्थलहरूमा बिना कुनै बिभेद , पुर्ण र प्रभावकारी ढङ्गले अपाङ्गता भएका व्यक्तिको सहभागीताको हकलाई अक्षुर्ण राख्न सम्बन्धित पक्षसंग संस्था अनुरोध गर्दछ। साथै उपयुक्त अनुकुलताको अस्विकारलाई समेत अपाङ्गता भएका व्यक्तिमाथी गरिने बिभेदको रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनले उल्लेख गरेको सन्दर्भ समेत संस्था सम्बन्धित निकायहरूलाई स्मरण गराउन चहान्छ।

७। अपाङ्गता भएका व्यक्तीहरूको आधारभूत स्वास्थ्य सेवा लगायत यौन तथा प्रजनन् स्वास्थ्य सेवा, शारीरिक, मानसिक र संवेगात्मक स्वस्थताको स्थिति सिर्जना गर्न आवश्यक पहुँचयुक्त सुचना तथा जानकारीको प्रत्याभुत हुने प्रणाली बिकास गर्न तथा अपाङ्गता भएका व्यक्तीहरूको स्वास्थ्यको अधिकार सुनिश्चितता का निम्ति पहुँचयुक्त स्वास्थ्य पूर्वाधार विकास र प्रवर्धन, समावेशी स्वास्थ्य सेवाको प्रवर्धन, पहुँचयुक्त औषधी र स्वास्थ्य उपकरणको विकास र प्रवर्धनलगायतका पक्षहरूमा सरकारी तथा गैरसरकारी निकायहरूसँग सहकार्य गर्न संस्था सम्बन्धित पक्षसंग आह्वान गर्दछ।

८। राजनीतिक सहभागिताबिना अधिकार प्राप्ती र कानुनको कढाइका साथ कार्यान्वयन गराउन सकिदैन भन्ने अवधारणालाई आत्मसात गर्दै पहुँचयुक्त निर्वाचन प्रणालीमार्फत राजनैतिक प्रकृतिका हरेक चुनावमा चुन्ने, चुनिने, र निति तथा योजना निर्माण, कार्यन्वेयन एवं मुल्याङ्कन प्रक्रियामा हस्तक्षपकारी भुमिका निर्वाहसहित अपाङ्गता भएका व्यक्तीहरूको राजनीतिक सहभागिता सुनिश्चितता र अपाङ्गता समावेशी लोकतान्त्रिक अभ्यास प्रवर्धनको लागी क्षमता विकास, सचेतना प्रवर्धन, र सम्बन्धित निकायहरूमा पैरवी तथा वकालतका कार्यहरू स्थानीय तहदेखि नै तिव्रताको साथ अगाडी बढाउन संस्था अठोट गर्दछ।

९। दृष्टीसम्बन्धी अपाङ्गता भएका शिक्षकहरूको पेशागत् वृत्तीविकास तथा अन्य औपचारिक तथा अनौपचारिक क्षेत्रमा आवद्ध दृष्टीसम्बन्धी अपाङ्गता भएका व्यक्तीहरूको पेशागत् हक, हित र सुरक्षाको लागी क्षमता अभिवृद्धी, नमुना कार्यक्रम विकास र अभिमुखिकरणका गतिविधीहरूलाई आपसी सहकार्य र समन्वयका साथ अगाडी बढाउन आवश्यक कार्यनीति तयार पारी लागु गर्न संस्था सङ्कल्परत छ।

१०। अपाङ्गता भएका व्यक्तिहरूले रोजगारीका क्षेत्रमा भोग्नुपरेको बिभेद, बहिष्करण र भिन्नकरणप्रति खेद प्रकट गर्दै, अन्य व्यक्ति सरह पुर्ण र प्रभावकारी ढङ्गमा, पहुँचयुक्त कार्यस्थल र अपाङ्गता समावेशी रोजगार वातावरण को सिर्जना, बिकास र प्रवर्धनमार्फत अपाङ्गता भएका व्यक्तिको रोजगारको अधिकारको सुनिश्चितताका निम्ति संस्था सम्बन्धित पक्षहरूसंग जोडदार माग गर्दछ। साथै, दृष्टीसम्बन्धी अपाङ्गता भएका युवाहरूको रोजगारी सुनिश्चितता तथा स्वरोजगार प्रवर्धनको लागी रोजगार तयारी तालिम ९इल९तजभ९वयद त्चबष्लष्लन०, व्यवसायिक तथा सिपमुलक तालिम, बजार व्यवस्थापन, समावेशी रोजगार सचेतना आदिजस्ता गतिविधिहरू निरन्तर रूपमा सञ्चालन गर्न संस्था दृढतापुर्वक प्रयत्नशील छ।

११। अन्तराष्ट्रीयस्तरमा बिकास आविष्कार र प्रवर्धन भइरहेका विभिन्न किसिमका नविनतम पहुँचयुक्त प्रविधीहरूलाई सरल र सुलभ किसिमले नेपालका दृष्टीसम्बन्दी अपाङ्गता भएका युवाहरुले पहुँच हासिल गर्न सक्ने गरी प्रवर्धन गर्नका लागी सम्बन्धित सरोकारवाला निकायहरूसँग आपसी सहकार्य, समन्वय र साझेदारी गरी आवश्यक कामकारवाहि अगाडी बढाउन संस्था सरोकारवालाहरूसंग आह्वान गर्दछ।

१२। अपाङ्गता समावेशिकरणको पूर्वसर्तको रूपमा पहुँचयुक्ततालाई अनिवार्य रुपमा आत्मसात गर्दै भौतिक तथा डिजिटल दुनियाँलाई पहुँचयुक्त बनाउनको लागी सचेतना, अभिमुखिकरण, क्षमता विकास र पैरवी वकालतका कार्यलाई अभियानको रूपमा अगाडी बढाउनुलाई संस्थाले आफ्नो आधारभुत जिम्मेवारी ठानेको छ।

१३। अपाङ्गता भएका खासगरी दृष्टीसम्बन्धी अपाङ्गता भएका व्यक्तीहरूले सर्वसाधरणका लागी खुला गरिएका बैंकिङ सेवा तथा सुविधा उपभोगका क्रममा खेप्नुपरेको बिभेदकारी अपाङ्गताद्वेषी ब्यबहारप्रति संस्था आपत्ति व्यक्त गर्दछ। अपाङ्गता भएका व्यक्तिहरूको अन्य व्यक्ति सरह समान र पुर्ण प्रभावकारी तवरले सहज र समान बैङ्किङ तथा वित्तीय सेवा तथा सुविधा उपयोगका निम्ति वित्तीय क्षेत्रको पहुँचयुक्तता सुनिश्चितताको लागी आवश्यकता अनुसार, बैंक तथा वित्तीय संघसंस्थाले उल्लङ्घन गरेका प्रावधानसंग सम्बन्धित प्रमाण सङ्कलन, पैरवी तथा वकालत र आवश्यक कानुनी उपचारजस्ता प्रकृयाहरूलाई सशक्त अभियानको रूपमा अगाडी बढाउन संस्था पुर्ण जिम्मेवारीका साथ लाग्न प्रतीबद्द छ।

१४। सङ्घीय गणतान्त्रिक शासकीय स्वरूपअनुसार संवैधानिक अधिकार र दायित्वहरू विकेन्द्रिकरण भइरहेको वर्तमान अवस्थालाई हृदयाङ्गम गर्दै जिल्ला तथा प्रादेशिकस्तरमा कृयाशिल नेत्रहिन युवा सङ्घ नेपालका शाखाहरूलाई पालिकास्तरसम्म विस्तार गर्दै समग्र अपाङ्गता आन्दोलनलाई स्थानीय तहदेखि नै प्रभावकारी र सशक्त बनाउन संस्था दृढतापुर्वक अघी बढ्ने योजनामा प्रतीबद्द छ। साथै अपाङ्गता समावेशी विकासको लागी स्थानीयस्तरमा रहेका दृष्टीसम्बन्धी तथा अन्य अपाङ्गता भएका व्यक्तिको अधिकारको वकालत एवं पैरवीको क्षेत्रमा कार्यरत् बिभिन्न संघ संस्थाहरू, यस संस्थाका शाखाहरू एवं तिनका सदस्य तथा पदाधिकारीहरूको ज्ञान, सीप र दक्षताको बिकास , क्षमता अभिवृद्दी एवं नेतृत्व बिकास लगायत सशक्तिकरणका निम्ति आवश्यक वाञ्छनीय कार्यक्रमहरू बिकास तथा सञ्चालन गर्न संस्था प्रतिबद्द छ।

१५। अपाङ्गता भएका बालबालिका तथा युवाहरुको खेलकुद तथा मनोरञ्जनको हक सुनिश्चितताका निम्ति विभिन्न किसिमका खेल तथा मनोरञ्जन क्षेत्रहरूमा पहुँचयुक्तता प्रवर्धन, सचेतनामुलक कार्यक्रमको प्रवर्धन्, समावेशी खेलहरूको पहिचान, बिकास र प्रवर्धन एवं मनोरञ्जन क्षेत्रलाई पहुँचयुक्त बनाउनको लागी अनुसन्धान, अभियान र सचेतिकरणका कृयाकलापहरूलाई स्थानीयस्तरदेखि नै अगाडि बढाउनका निम्ति आवश्यक वकालत तथा पैरवीको अगुवाइ गर्न संस्था हरदम तत्पर छ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार