मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी                
समाचार :

तस्विरमा हेर्नुहोस् – बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

सरकारको वार्षिक कार्यक्रम अन्तर्गत यो वर्ष कार्तिक १७ र १८ गते आज र भोली देशभरका ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।

६-६ महिनाको अवधिमा वर्षमा २ पटक भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने गरिएको छ ।

यसपटक देशभर गरी करिब ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’खुवाइने लक्ष्य राखिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, पोषण शाखा प्रमुख लिला बिक्रम थापाले जानकारी दिए ।

उनका अनुसार यसपटक राष्ट्रिय भिटामिन ‘ए’कार्यक्रममा, भिटामिन ‘ए’क्याप्सुल ४० लाख क्याप्सुल, जुकाको औषधि ३५ लाख ट्याब्लेट खपत हुने अनुमान छ ।

६ महिनादेखि ५९ महिना उमेरसम्मका करीब ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र करिब २९ लाखलाई जुकाको औषधी खुवाइने लक्ष्य राखिएको थापाले बताए ।

६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ‘ए’क्याप्सुल र १ देखि ५ वर्ष सम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाइनेछ ।

अघिल्लो वर्ष भिटामिन ‘ए’क्याप्सुल करिव ९० प्रतिशत र जुकाको औषधी करिव ८७ प्रतिशतले खाएका थिए ।

सुरुमा ८ वटा जिल्लाबाट यो कार्यक्रम सुरु गरिएको थियो । साथै जुकाको औषधि खुवाउने कार्यक्रम २०५६ सालमा १३ वटा जिल्लाबाट सुरु भएको थियो ।

रुपन्देहीमा भिटामिन ए खाने बालवालिका ९४ हजार ८८ जना र जुकाको औषधी खाने बालवालिका ८३ हजार ७ सय ४७ जना रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित