रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

बुटवलमा ठूलो परिमाणमा पटाका सहित एक व्यापारी पक्राउ

बुटवल । दीपावली नजिकिएसँगै भारतीय सीमानाकाहरुबाट पटाका र आतिसबाजीको तस्करी गर्नेहरु सक्रिय भएका छन् । प्रहरीले कडाई गरेको बताएपनि तिहार आउन २ साता बाँकी छँदै शहरबजारमा पटाका पड्कीन सुरु भइसकेको छ ।

शहरबजारमा पटाका पड्कीन थालेपछि प्रहरीले पनि सक्रियता बढाएको जनाएको छ । ईलाका प्रहरी कार्यालय बुटवलले ठूलो परिमामणमा पटाका सहित एकजनालाई पक्राउ गरेको छ । बुटवल-६ सुन्दरनगरमा भण्डारण गरेर राखिएको ठूलो परिमाणको पटाका सहित प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।

बुटवल ६ खयरघारी सुन्दरनगर स्थीत सुरज गुप्ताको घरमा भण्डार गरी राखेको बिभिन्न नामका र बिभिन्न आकारका ३ लाख ३७ हजार ९८१ बराबरको पटाका सहित बुटवल-५ का २१ वर्षीय सुरज गुप्तालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले जानकारी दिए ।

पक्राउ परेका गुप्तामाथि थप अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित