‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

स्वच्छ नगर बनाउन लुम्बिनीमा सरसफाई अभियान सुरु

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकालाई स्वच्छ र हरावरा नगर बनाउन संघन रुपमा सरसफाई अभियान सुरु गरिएको छ ।

नगरप्रमुख सजरुद्धीन मुसलमानको नेतृत्वमा उपप्रमुख कल्पना हरिजन सहित नगरपालिकाकालुम्बिनी विकास कोष,युएनडिपी नेपाल,स्थानीय संघसंस्थाको सहकार्यमा आज देखि लुम्बिनीमा सरसफाई अभियान सुरु भएको हो ।

सरसफाईको पहिलो दिनमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.१० अन्र्तगत गेट न.४ र ५ सरसफाई गरिएको हो ।प्रत्येक हप्ताको सोमबार सरसफाई गरिने नगरपालिकाले जनाएको छ ।

सो अभियानमा सरिक हुँदै नगरप्रमुख सजरुद्धीन मुसलमानले नगरलाई स्वच्छ र वातावरण अनुकुल बनाउन चाहेको बताएका छन् ।

घरायसी अथवा विभिन्न क्रियाकलापबाट निस्केका फोहोरलाई समुचित रुपमा व्यवस्थापन गर्न आग्रह गर्दै आफनो गाउँ,आफै सफा राखौँ भन्ने अभियानलाई आत्मसाथ गर्नुपर्ने मेयर सजरुद्धीनले उल्लेख गरे ।

फोहोरमैला व्यवस्थापनलाई दिगो रुपमा समाधान गर्नका लागी प्रयास थालनी भैसेकेको समेत बताउदै यो अभियानमा साथ दिन सबैलाई आग्रह गरेका छन् ।

आफु संगै संगै टोल सफा राख्नु आजको आवश्यकता रहेको उपमेयर कल्पना हरिजनले बताईन् । फोहोरले विभिन्न रोग निम्ताउने बताउदै उपमेयर हरिजनले यसको सफाईमा मानव जिवन बढि संवेदनशिल बन्नुपर्ने कुरा दर्साईन् ।

नगरमा सरसफाई अभियान निरन्तर चलिरहने समेत उल्लेख गरिन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित