रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट                
समाचार :

सैनामैनामा १ लाख राशीको अन्तर जिल्ला भलिबल मंसिर १२ देखि हुने

रुपन्देहीको सैनामैनामा आगामी मंसिर १२ गतेदेखि अन्तरजिल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।

स्थानीय दुधराक्ष युवा क्बलको आयोजनामा आगामी मंसिर १२ देखि १६ गतेसम्म आयोजना हुने प्रतियोगितामा विभिन्न १२ जिल्लाको सहभागिता रहने भएको छ ।

सैनामैना नगरको विकासमा अग्रसर रहेकी पुरानो बासिन्दा स्वर्गीय ढुण्डी थरुनीको स्मृतिमा सैनामैना–६ कलौनीमा ढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिता २०८० हुने भएको हो ।

प्रतियोगिताका लागि सैनामैना नगरपालिका, प्रदेश खेलकुद परिषद लुम्बिनी, रुपन्देही भलिबल संघ रुपन्देही, सैनामैना नगर खेलकुद समितिको सहयोग रहेको छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार १ सय ११ ट्रफि, प्रमाण, उपविजेताले नगद ७७ हजार ७ सय ७७ रुपैया, ट्रफि, प्रमाणपत्र, तृतीय टिमले नगद ४४ हजार ४ सय ४४ रुपैया, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक विष्णु प्रसाद पाण्डेले बताए ।

यसैगरि सान्त्वना टिमले नगद २२ हजार २ सय २२ रुपैया, ट्रफि प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद ७ हजार ७ सय ७७ रुपैया तथा सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार ५ सय ५५ रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।

क्लबका अध्यक्ष किरण पोखरेलले नेपालको राष्ट्रिय खेललाई प्रचारप्रसार र खेलाडीलाई प्लेटफर्म दिने उद्देश्यका साथ प्रतियोगिता गर्न लागेको बताए ।

प्रतियोगिता बारे जानकारी गराउ आयोजित पत्रकार सम्मेलनमा सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र शर्माले केन्द्र सरकारबाट विनियोजन हुने बजेट कम हुंदा आफ्नो पालिकामा खेलकुदको बजेट संकुचन गर्न परेको दुखेसो गर्दै क्लबबाट सैनामैनाको पहिचान हुने गरि आयोजना हुन लागेको प्रतियोगितालाई साथ र सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उपप्रमुख बिना रानाले नगरको खेल विकासमा आफू संस्थागत रुपमा लागेको बताईन । कार्यक्रममा जिल्ला भलिबल संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्यले खेल विकासमा सरकारको लगानी न्यून हुँदा सोचेजस्तो सफलता हात पार्न नसकेको बताए ।

सैनामैना नगरपालिका वडा नं ७ का वडाअध्यक्ष तथा खेलप्रेमी राजकुमार चौधरीले आफनो हजुरआमा ढुण्डी थरुनीको स्मृतिमा आयोजना गर्न लागेको प्रतियोगितालाई २ लाख रुपैया सहयोग गरेका छन ।

लुम्बिनी प्रदेश र अन्यजिल्ला गरि १२ टिमहरुले भाग लिने प्रतियोगिता संचालन गर्न १६ लाख रुपैया खर्च हुने आयोजक क्लबका सचिव पदम पाण्डेले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित