रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

बुटवलबाट गाउँ जानेको लर्को

वडा दशैं मनाउन लाखौं नेपालीहरू गाउँघर पुगेका छन् । रोजगारी तथा बसाइँसराई गरी शहर पसेकाहरूसमेत दशैँ मनाउन पुरानै थातथलो फर्किएका हुन् ।

बुटवलबाट लाखौं नागरिकहरू दशैँ मनाउन गाउँ हिँडेपछि शहर सुनसान बनेको छ । यो वर्षको दशैँ कार्तिक ७ गते परेको छ ।

सरकारी बिदासमेत समेत शुरू भएकोले शहर रित्तिदै गएको हो । गाउँमा चहलपहल बढेको छ । बुटवलको बसपार्कमा पहाडी जिल्ला फर्किनेहरूको भीड बढेको छ ।

सडक सुरक्षा तथा ट्रार्फिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख कृष्णा प्रसाईलेले यात्रुको सहज यात्राको लागि विशेष ध्यान दिइएको बताए । बुटवलबाट कैयौं बसहरू पहाडी जिल्लामा हिँडेका छन् ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले सडकको दुरावस्थाकै कारण यातायात व्यवसायीहरू चरम पीडामा रहेको भन्दै आम उपभोक्ताको हितको पक्षलाई मध्येनजर गरी यथाशक्य गुणस्तरीय सेवा दिँदै आएको बताए ।

सुरक्षित तरिकाले यात्रुहरूलाई गन्तव्यसम्म पुराउनु नै आफूहरूको कर्तव्य रहेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित