रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

शिवनगरमा दुर्गा भवानी महाआरती हुने

बुटवल । बुटवलको शिवनगर स्थित दुर्गा मन्दिरमा घटनास्थापना देखि ३ दिन दुर्गा भवानी महाआरती हुने भएको छ ।

शिवनगर महाआरती साँझ कार्यक्रम संयोजन समितिले पत्रकार सम्मेलन गर्दै नेपाली चार्डपर्व तथा सँस्कार एवं सँस्कृतिहरुलाई प्रचार गर्दै संरक्षण र प्रबद्र्धन गर्न दुर्गा मन्दिरमा दुर्गा भवानी महाआरती गर्न लागिएको बताएको छ ।

सो कार्यक्रमका संयोजक गौरव आचार्यले महाआरती यही घटस्थापनाको दिनबाट शुरु गरी लगातार तीन दिनसम्म संचालन हुने बताए ।

साथै दुर्गा मन्दिर समितिले अबदेखि औसीको दिन साँझ महाआरती साँझ गर्ने समेत भएको छ ।

संयोजक आचार्यले शीवनगर सामुदायिक बनको परिसरलाई समेत एउटा पर्यटकीय गन्तव्यका रुपमा परिचित एवं स्थापित गराउने उद्देश्यले पनि महाआरती कार्यक्रम गरिएको बताए । महाआरती संगै सांस्कृतिक साझ पनि गरिने उनको भनाई छ ।

दुर्गा मन्दिर व्यवस्थापन समिति, भगवती टोल विकास संस्था, दुर्गा मन्दिर टोल विकास संस्था र बुद्ध टोल विकास संस्थाको आयोजनामा हुन लागेको महाआरती तथा सांस्कृतिक साँझमा नाटा लुम्बिनी प्रदेशले सहयोग गर्नेछ । कार्यक्रम सम्पन्न गर्न १ लाख ७५ हजार खर्च अनुमान गरिएको छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ७ का वडा सदस्य सन्दीप खनाल, दुर्गा मन्दिर व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष कृष्ण कुमारी थापा, भगवती टोल विकास संस्थाका अध्यक्ष भरत गिरी, दुर्गा मन्दिर टोल विकास संस्थाका अध्यक्ष तेजप्रसाद पराजुली, बुद्धटोल विकास संस्थाका अध्यक्ष राजेन्द्र कुमार थापा लगाएतले बोल्दै महाआरती तथा सांस्कृतिक साँझ कार्यक्रमले यस क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि नयाँ गन्तव्यको पहिचान गराउने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित