हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video) संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन                
समाचार :

घर–घरमा धारा पुगेपछि गाग्रीमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता पाल्पामा हराउंदै

बुटवल । पाल्पामा खानेपानीको समस्या हट्दै गएको छ । पाल्पाका अधिकांश स्थानमा एक गाग्री पानीका लागि दुई तीन घण्टा हिड्नु पर्ने बाध्यता हराउदै गएको छ ।

घरघरमा खानेपानीको धारा पुगेपछि अहिले सहज भएको छ । तीनै तहका सरकारले खानेपानीलाई प्राथमिकतामा राखेपछि पछिल्लो ६ बर्षमा पाल्पाका अधिकाशं बस्तीमा खानेपानीको सुविधा बढ्दै गएको हो ।

१० बर्ष अघिसम्म पाल्पाका एक तिहाई घरपरिवारमा खानेपानीको अभाव थियो ।

अहिले ५० प्रतिशत भन्दा बढी घरपरिवारको घरघरमा खानेपानीको सुविधा छ ।

खानेपानीको अभावकै कारण अधिकांश वस्ती खाली हुदै गएको समयमा घरघरमा खानेपानीको धारा पुगेपछि बसाई सराई गर्ने क्रममा कमी आएको छ । वस्तीहरुमा खानेपानीको धारा पुगेपछि पाल्पाका गाउं गाउंमा खुसीयाली छाएको छ ।

घरघरमा खानेपानीका धाराको सुविधाले पानी बोक्ने दुख् हराएको बताउंछिन् छहरा मलावासकी सिता बराल ।

घरघरमा धाराको सुविधा भएपछि वालवालिकाले पढ्न पाएका छन् । गाउं गाउंमा तरकारी खेती बढेको छ ।

डांडा, पाखाको दुर्गम बस्तीका विधालयहरुमा पानीको अभावमा बलेनी पानी खाने विधार्थीका लागि लिफ्ट खानेपानी योजनाले राहत दिएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार पाल्पामा ६५ हजार ४९ घरधुरी रहेकोमा, २०८० असार मसान्तसम्म करिव ३५ हजार घरपरिवारमा एक घर एक धारा पुगेको छ ।

पाल्पाका सबै स्थानीय सरकारले आगामी २०८४ भित्र सबै घरमा एक घर एक धारा पुराउने गरी खानेपानी योजना संचालन गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित