बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्याल विजयी भएका छन् ।
अध्यक्षका अर्का उम्मेदवार दिनेशप्रसाद श्रेष्ठलाई ८७ मतले पराजित गर्दै अर्याल विजयी भएका हुन ।
विजयी अर्यालले ७७६ मत प्राप्त गरे । त्यस्तै श्रेष्ठले ६८९ मत प्राप्त गरे । त्यस्तै अर्याल प्यानलबाटै उद्योग उपाध्यक्षमा सुरज भट्टराई विजयी भएका छन् । ७७८ मत ल्याएर भट्टराई विजयी भएका हुन । उनका प्रतिस्पर्धी नविन प्रसाद श्रेष्ठले ६७२ मत प्राप्त गरे ।
त्यस्तै महासचिवमा अर्याल प्यालनकै मुक्तिप्रसाद अधिकारी ७६० मत प्राप्त गर्दै विजयी भएका छन् ।
कोषध्यक्षमा ८०९ मतका साथ अर्याल प्यानलकै बसन्त प्रसाद ढकाल विजयी भएका छन । त्यसैगरि सचिवमा भने अर्याल प्यानलका भेषराज गैरेलाई पराजित गर्दै श्रेष्ठ प्यानलका प्रतिक पोखरेल ७२३ मत ल्याएर विजयी भए ।
सहकोषध्यक्षमा अर्याल प्यानलबाटै धनकुमारी खनाल विजयी भईन । उनले ८३० मत प्राप्त गरिन ।
बरिष्ठ उपाध्यक्षमा यस अघि नै टंकप्रसाद गैरे निर्विरोध निर्वाचित भएका छन । त्यसैगरि बाणिज्य तर्फको उपाध्यक्षमा पनि यस अघि नै विमलराज भट्टराई निर्विरोध निर्वाचित भएका छन ।












