रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

नयाँ नेतृत्वका लागि बुटवल उद्योग वाणिज्य संघमा आज मतदान

बुटवल । आज बुटवल उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागि मतदान हुँदैछ ।

७० बर्ष पुरानो ईतिहास बोकेको संघमा आगामी नेतृत्व लिन दिनेशप्रसाद श्रेष्ठ र हरि अर्याल दुवैले प्यानल नै बनाएर चुनावी माहोलमा होमिएका थिए ।

अघिल्लो अधिबेशनमा हालका अध्यक्ष उज्वल कसजु संग केही मतका कारण पराजित हुन पुगेका हरि अर्याल यस पटक व्यवसायीहरुले नयाँ व्यक्तिको खोजी व्यवसायीले गरेको भन्दै प्रचार प्रसारलाई तिब्र बनाएका छन् । अर्का अध्यक्षका उम्मेदवार श्रेष्ठ भने २१ बर्षे व्यवसायीक अनुभव हासिल गरेको र व्यवसायीको पीर, व्यथा सवै थाहा भएका कारण आफुले निर्वाचनमा विजयी हासिल गर्ने दृढ विश्वासका साथ निर्वाचनमा होमिएको बताएका छन् ।

कुल एक हजार ७ सय ७८ जना उद्योगी व्यवसायी मतदाता छन् ।

२००९ सालमा बुटवल व्यापार मण्डलको नामबाट स्थापना भएको बुटवल उद्योग वाणिज्य संघ बुटवल उपमहानगरपालिकाभन्दा पुरानो हो।

श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा नविनप्रसाद श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा बिमलराज भट्टराई, महासचिवमा बाबुराम बिक, कोषाध्यक्षमा प्रकाशकुमार श्रेष्ठ, सचिवमा प्रतिक पोखरेल र सह कोषाध्यक्षमा जाकिर हुसेनले उम्मेदवारी दिएका छन्।

अर्यालको प्यानलबाट वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे र उद्योग उपाध्यक्षमा सुरज भट्टराई, महासचिवमा मुक्ति अधिकारी, कोषाध्यक्षमा बसन्तप्रसाद ढकाल, सचिवमा भेषराज गैरे र सह–कोषाध्यक्षमा धनाकुमारी खनालले उम्मेदवारी दिएका छन्।

वरिष्ठ उपाध्यक्ष र वाणिज्य उपाध्यक्ष भने दुवै प्यानलबाट उम्मेदवार बनेपछि निर्विरोध भइसकेका छन।

२०४५ सालमा १८ वर्षको उमेरदेखि फेन्सी पसलबाट व्यावसायिक यात्रा सुरू गरेका श्रेष्ठले किराना व्यवसाय हुँदै हाल मदिरा व्यवसाय सञ्चालन गर्दै आएका छन्।

पुस्तक तथा स्टेसनरी व्यवसायी संघको केन्द्रीय अध्यक्ष भएर आफ्नो परिचय विस्तार गरेका अर्याल २०७१ सालमा स‌घमा महासचिव बनेका थिए । त्यस्तै २०७४ सालमा वाणिज्य उपाध्यक्ष निर्वाचित भएका थिए। २०७७ सालमा अध्यक्षमा प्रतिस्पर्धा गरेका अर्याल वर्तमान अध्यक्ष उज्ज्वल कसजूसँग केही मतले पराजित भएका थिए। उनी पुस्तक व्यवसायी हुन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित