रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

नेपालमा सम्भावना मात्र छ–अध्यक्ष चन्द्र ढकाल

बुटवल । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले नेपालमा सम्भावना मात्र रहेको बताएका छन् । बुटवल उद्योग बाणिज्य संघको ७० औं बार्षिक साधारण सभा तथा २५ औं अधिबेशनमा बोल्दै उनले पछिल्लो समय युवाहरु विदेश पलायन भइरहेपनि नेपालको हर क्षेत्रमा सम्भावना रहेको बताए ।

खाली स्थान, अनकन्टार ठाउँ जहाँ पनि सम्भावना रहेको तर काम गर्ने इच्छा शक्ति नहुँदा विदेश पलायन हुनेहरु धेरै भएको उनले बताए । अहिले केही असजिलो भएको भन्दै कालीगण्डकी कोरिडोरले कोरोला नाका पुगेमा यस क्षेत्रको मात्र नभई समग्र देशको आर्थिक चलायनमान गर्ने सम्भावना रहेको समेत बताए ।

आफु शुन्य बाट उठेर विभिन्न व्यवसायीक घरनाको नेतृत्व गरेको स्मरण गर्दै उनले सम्भावनाको पहिचान गर्न नसक्दा पनि नेपालमा नयाँ कार्य केही हुन नसकेको उनले बताए ।

साथै उनले उद्योगीहरुले भोग्दै आएको ट्रंक लाईनको विषय प्रधानमन्त्री स्तर सम्म पुगेर छलफल भइरहेको समेत बताए । व्यवसायीहरुले विद्युत्त उपयोग नगरेको अवस्थामा जरिवाना तिर्न प्राधिकरणबाट ताकेता आए पश्चात यस बारे प्रधानमन्त्री, जलस्रोत मन्त्री, विद्युक्त प्राधिकरणका प्रतिनिधीहरु सहित छलफल भएको र लाईन काट्ने निर्णय बाट पछि सरकार हटेको उनले बताए ।

अहिले बजारमा देखिएको मन्दी विश्वभर रहेको बताउँदै नेपालमा अर्थतन्त्रमा देखिएको मन्दी कुनै सरकार वा नीति क्षेत्रका कारण नआएको भन्दै अब यो मन्दी विस्तारै लयमा आउने समेत विश्वास व्यक्त गरे ।

‘पर्यटकहरु आउने संख्या बढ्दै गएको छ । बैंकहरु लगानी गर्न ईच्छुक देखिएका छन् । अब केही सुधारको संकेत देखिदैछ । जग्गा कित्ता खुल्लाका साथै मौद्रीक नीतिमा पनि सुधार भएको छ’ उनले भने ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल लगाएतले बोल्दै आर्थिक चलायन गराउन नीजि क्षेत्रसंग हातेमालो गर्न तयार रहेको बताएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित