रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

उद्योग बाणिज्य संघको अधिबेशन: उद्योग उपाध्यक्षमा युवा उद्योगी सुरज भट्टराईको उम्मेदवारी

बुटवल । बुटवल उद्योग बाणिज्य संघको अधिबेशनलाई लिएर व्यवसायी बीच विभिन्न अडकल बाजी भइरहेका छन् । असोज १९ गते देखि सुरु हुन लागेको ७० औं साधारण सभा एवं २५ औं अधिबेशनमा यस पटक दिनेश प्रसाद श्रेष्ठ र हरि अर्याल प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । दुवैले आफ्नो माहोल बनाउन व्यवसायी भेटघाट देखि छलफल गरिरहेका छन् ।

यसैबीच हरि अर्यालको प्यानलबाट औषधि व्यवसायी संघ रुपन्देहीका निवर्तमान अध्यक्ष उद्योगी सुरज भट्टराईले उद्योग उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

व्यवसायी माझ सरल व्यक्तित्वको पहिचान बनाएका भट्टराईले दुई कार्यकाल उद्योग बाणिज्य संघको कार्य समिति पद रहि कार्य सम्पादन गरिसकेका छन् ।

ग्रेस फार्मास्युटिकल्स प्रा.लिका प्रबन्ध निर्देशक रहेका सुरजभट्टराईले व्यवसायीका समस्या बुझेको र त्यसको समधान गर्न आफु योग्य भएकै कारण उद्योग उपाध्यक्षमा उम्मेदवारी दिएको बताए ।

औषधि व्यवसायी संघ रुप्न्देहीमा अध्यक्ष रहदा संस्थालाई गतिशिल बनाउंदै व्यवसायीक एकता कायम गरेका भट्टराई अन्य विभिन्न संघ संस्थामा रहेर काम गरेका छन् ।

वित्तिय क्षेत्रमा पनि उत्तिकै चासो राख्ने भट्टराई २ हजार भन्दा बढि सदस्य रहेको जनकल्याण सहकारीको अध्यक्ष समेत हुन ।

व्यवसायीलाई परेका हरेक समस्यामा साथ दिदै आएका भट्टराई उद्योगी व्यवसायी माझ मिलनसार, भद्र, सफल व्यक्तित्व, योजना तर्जुमा गर्न सक्ने सक्षम व्यक्तित्व पहिचान बनाएका छन् ।

‘मैले व्यवसायीका समस्या बुझेर त्यसको समधानको पहल कदमी गर्नेछु । केही नितीगत व्यवसायी मैत्री काम गर्न सरोकारवालामा पुगेर छलफल र संवाद बाट निचोड निकाल्ने छु । त्यसैले पनि उद्योगी व्यवसायीको साथ मलाई चाहिएको छ’ उनले भने ।

औषधि उत्पादकहरुको संस्था एम्पानको केन्द्रीय सल्लाहकार समेत रहेका भट्टराई १२ बर्ष देखि क्रिमशन अस्पताल र क्रिमशन कलेजको सञ्चालक समितिमा छन् । उनले उद्योगको अलवा २८ बर्ष देखि बुटवलमा सनराईज मेडिसिन सप्लार्यस समेत सञ्चालन गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित