रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

बुटवलका स्थानीयले राजमार्गमा बनाए पृथ्वीनारायण शाहकाे शालिक

बुटवल । बुटवलको कालिकानगरमा वडा महाराजधिराज श्री ५ पृथ्वीनारायण शाहकाे शालिक स्थापना गरिएको छ ।

सिध्दार्थ राजमार्गको बुटवल बेलहिया सडक खण्ड अन्तरगत बुटवल उपमहानगरपालिका वडा नं १० कालिकानगरमा शाहकाे पुर्ण कदकाे शालिक स्थापना गरिएको हाे।

बुटवलकाे कालिका मानवज्ञान माध्यमिक बिध्यालयकाे मुख्य प्रवेशद्वार भन्दा केहि उत्तर तर्फकाे सडक किनारकाे हरियाली क्षेत्रमा उक्त शालिक निर्माण गरिएको छ।

बुटवल उपमहानगरपालिका वडा नं १० मा रहेकाे पृथ्वीनारायण शाह पथका बासिन्दाले राष्ट्र निर्माणमा श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाहकाे महत्त्वपूर्ण याेगदान रहेकाे भन्दै उक्त शालिक निर्माण गरेको बताएका छन्।

शालिक निर्माणका लागि बुटवल उपमहानगरपालिका र वडा कार्यालयबाट समेत रकम बिनियाेजन गरेकाे गत बर्ष पुष २७ गते वडाध्यक्ष वलु पुनले सिलान्यास गरेको शालिक निर्माणमा अगुवाइ गरेका राप्रपा नेता समेत रहेका रुपसिंह थापाले बताए।

थापाका अनुसार शाहकाे उक्त शालिक पुष २७ गते पृथ्वी जयन्तीको दिन अनावरण गरिनेछ। ढलाेटबाट निर्माण गरिएको शाहकाे पुर्ण कदकाे उक्त शालिक ७ फुटकाे रहेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित